२२ फाल्गुन २०७७, शनिबार

पर्यटन व्यवसायलाई पुनर्जीवन दिन सरकारसमक्ष पर्यटनसम्बद्धको अपिल

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार ११:५८


सनत आचार्य

कोभिडका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न र समग्र पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि पर्यटनसँग सम्बन्धित छाता सङ्घ-संस्थाहरूले एक विज्ञप्ति प्रकाशित गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा कोभिड–१९ का कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको र यसबाट उत्पन्न परिस्थितिका बारेमा पर्यटन ब्यवसायीहरूलाई परेको मर्काका सम्बन्धमा बारम्बार नेपाल सरकार र सरकारका विभिन्न निकायहरूमा लिखित र मौखिक रूपमा सम्बोधनका लागि अनुरोध गरिएको उल्लेख छ ।

विज्ञप्तिमा पर्यटन ब्यवसायीहरूलाई परेको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन ब्यवसायलाई पुनर्जीवन दिनेतर्फ नेपाल सरकार अझै गम्भीर नभएको आरोप लगाइएको छ ।

पर्यटन व्यवसायीहरूले नेपालको समग्र पर्यटन क्षेत्रको पुनर्जीवन दिनका लागि ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरूका हकमा ७ दिनसम्म अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अराइभल भीसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरूबाट पूर्ववत् रूपले गराउनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राख्नुपर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरू यथाशीघ्र सञ्चालन गर्न पहल गर्नुपर्ने, कोरोनाविरुद्धको खोप पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरूलाई पनि तत्काल उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाकाहरू तत्काल खोल्न पहल गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, नेपाल घुम्न आउने पर्यटकहरूले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनुपर्ने ब्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ ।

त्यस्तै, भारत र चीन सीमानाहरूबाट नेपाल भित्रिने पर्यटकहरूलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने उल्लेख छ ।

अन्य मागहरूमा पर्यटकको कम्तिमा ५ हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने र कोरोनाविरुद्धको भ्याक्सिन पूरा मात्रा लगाइ आएका पर्यटकहरूलाई सहज र निर्वाध रूपमा घुम्न दिनुपर्ने पनि माग राखिएको छ ।

विज्ञप्ति जारी गर्नेहरूमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्सी, नेपाल होटल संघ, नेपाल पर्वतारोही संघ, हिमालयन उद्धार संघ, सोसाइटी अफ् अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल, एक्सपीडिशन अपेरेटर्स एशोसिएशन नेपाल, रेस्टुरा एन्ड बार एसोसिसन अफ नेपाल, एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

ऐतिहासिक पदकसँगै यसरी ‘फेन्सिङ रानी’ बनिन् अनिता श्रीविक्रम भण्डारी खेलकुद कुन चरीको नाम हो उनलाई पत्तो थिएन । विद्यालयमा खेलेको

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि