२२ फाल्गुन २०७७, शनिबार

नेपालमा कोरोनासंक्रमितको कुल संख्या २,७३,५५६

  प्रकाशित मिति
१० फाल्गुन २०७७, सोमबार ११:०२



पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनासंक्रमितको कुल संख्या २,७३,५५६ पुगेको छ ।

सोमबार काठमाडौं उपत्यकामा थप ५२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४२, भक्तपुरका ६ तथा ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मोरङमा १, बारामा ३, रौतहटमा १, काठमाडौँमा ४२, काभ्रेका ४, चितवनमा ९, भक्तपुरमा ६, मकवानपुरका २ र ललितपुरमा ४, सिन्धुपाल्चोकका १, कास्कीमा १७, गोरखाका १, तनहुँका २, नवलपरासीपुर्वमा ४, बागलुङमा १, कपिलवस्तुका १, दाङमा ९, पाल्पामा १, प्युठानका १, बर्दियाका १, बाँकेमा ३, रुपन्देहीमा ४, रोल्पाका १, कञ्चनपुरका १, कैलालीका ४ तथा डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार थप ९० जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २,६९,९६६ पुगेको छ।

हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,०६१ पुगेको छ भने गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२

विकास रौनियार, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत

सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी हेमशंकर सिंह, राजविराज शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा