चालिसकी करिना बनिन् दोस्रो सन्तानकी आमा

चालिसकी करिना बनिन् दोस्रो सन्तानकी आमा



बलिउडकी चर्चित अभिनेत्री करिना कपुर ४० वर्ष उमेरमा दोस्रो सन्तानकी आमा बनेकी छन् । आज (२१ फरवरी) बिहानै मुम्बईस्थित ब्रीच क्यान्डी हस्पिटलमा उनलाई दोस्रो पुत्रलाभ भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ढल्कँदो उमेरमा बच्चा जन्माउनुको बाबजुद आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताइएको छ ।

लकडाउनको अवस्थामा करिनाले आफू दोस्रो पटक गर्भवती भएको आफ्ना प्रशंसकहरूसँग सेयर गरेकी थिइन् । पछि पति सैफ अली खानका साथ करिनाले संयुक्त स्टेटमेन्ट दिँदै प्रेग्नेन्सीबारे आधिकारिक खबर सार्वजनिक गरेकी थिइन् ।

करिना र सैफबीच सन् २०१२ मा विवाह भएको थियो । विवाहको चार वर्षपछि उनले पहिलो पुत्र तैमुरलाई जन्म दिएकी थिइन् भने लगभग चार वर्षपछि पुनः अर्को छोरा जन्माएकी हुन् ।

हालै मात्र वलिउडकी अर्की नायिका अनुष्का शर्माले पनि पुत्री जन्माएकी थिइन् भने चर्चित कमेडियन कपिल शर्मा पनि केही समयअघि मात्र छोराको बाबु बनेका छन् ।