बाबालाई सिड्नी सिटी कलेजले दियो नम्बर एक ऐजेन्सी अवार्ड
प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार १४:३६
राजन घिमिरे
लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध एजुकेशनल कन्सल्टेन्सीहरूको भीडमा आफ्नो विशिष्ट पहिचान बनाएको कन्सल्टेन्सी हो बाबा एजुकेशन कन्सल्टेन्सी । नेपाल र अष्ट्रेलियाबाट शिक्षाको बारेमा परामर्श प्रदान गर्दै आइरहेको यो कन्सल्टेन्सीले समय-समयमा पाउने सम्मान र पुरस्कार पनि यसले यो क्षेत्रमा हात पारेको सफलता र विश्वासका प्रमाणहरू हुन् ।
यसै क्रममा सिड्नीमा अवस्थित सिड्नी सिटी कलेज अफ मेनेजमेन्टले बाबालाई सन २०२० को अवार्डबाट सम्मान गरेको छ । ‘हामीलाई यो अवार्डबाट निकै हौसला मिलेको छ । कलेजहरूको विश्वास र विद्यार्थीहरूको साथ नै हाम्रो उर्जा हो’– बाबाका अष्ट्रेलिया प्रमुख रवन्द्रिकुमार शर्माले भने ।
बाबालाई सिड्नी सिटी कलेज अफ मेनेज्मेन्टले उच्चशिक्षा हासिल गर्न अष्ट्रेलिया पुगेका अत्याधिक विद्यार्थीहरूलाई यो कलेजमा अध्ययनका लागि भर्ना गराउन सफल भएकोमा कलेजले बाबालाई अवार्ड प्रदान गरेको हो । बाबालाई कलेजले सन् २०२० को नम्बर वन ऐजेन्सीको रूपमा अवार्ड प्रदान गरेको बताइएको छ । यो कलेज नेपालीहरूको स्वामित्वमा सञ्चालित कलेज हो भने रन्जु वाग्ले थापा कलेजकी प्रमुख हुन् । बाबा ऐजुकेसन आफ्नो कलेजसँग सधै हातेमालो गरेर अगाडि बढेको र कोभिडको समयमा झनै साथ/सहयोग गरेको कलेजकी प्रमुख रन्जु वाग्ले थापाले जानकारी दिइन् ।
बाबाले यसअघि पनि शिक्षा क्षेत्रमा बढी भन्दा बढी विद्यार्थीहरूलाई कलेजमा भर्ना गर्न सफल भएबापत सिड्नी मेट्रो कलेज, जर्ज ब्राउण्ड कलेज, अष्ट्रेलियन आइडियल कलेज र साउदर्न क्रस युनिभर्सिटी लगायतका कलेजहरूबाट अवार्डहरू जितिसकेको छ ।