२२ फाल्गुन २०७७, शनिबार

आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०७७ आइतबार, २१ फरवरी २०२१)

  प्रकाशित मिति
९ फाल्गुन २०७७, आईतवार ००:१५



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ नेपाल सं. ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुन ९ गते आइतबार तद्अनुसार सन् २०२१ फरवरी २१ तारिख माघ शुक्लपक्षको नवमी तिथि रोहिणी नक्षत्र ६ः४१ पर मृगशिरा नक्षत्र विषकुम्भ योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३८ मा भयो र सूर्यास्त साँझ १७ः५८ मा हुनेछ । द्रोणनवमी ।

आजको राशिफल

मेष – बौद्धिक र सृजनात्मक काम होला । प्रेममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । घरको सुखशान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष – शुभ काममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्लान् । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । धर्मकर्ममा रुचि बढ्ला ।

मिथुन – नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हांसविलासमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला । मिठो भोजन मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।

कर्कट – सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धनसम्पति बढ्ला ।

सिंह – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । साहसिक कार्यमा सफलता मिल्नेछ । आशा उत्साहमा बढोतरी हुनेछ । नयाँ सफलता मिल्नेछ । यशवर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनुहुनेछ ।

कन्या – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको माया मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला – भोगविलासमा आकर्षण बढ्नेछ । दौडधुप चलिरहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । सन्तति सुख बढ्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ ।

वृश्चिक – विवादप्रति सचेत भइ अरुको भर नपरेर काम गर्नु हितकर रहला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित्र सन्तान सुख बढ्ला ।

धनु – आरोग्यता बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा बढोत्तरी हुनेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । ईष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनु पर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२

विकास रौनियार, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत

सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी हेमशंकर सिंह, राजविराज शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा