२२ फाल्गुन २०७७, शनिबार

नेताहरूले गुप्त गुफा ध्यानबास गरुन् !

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार ०५:२७



■ जगदीशराज बराल

पृष्ठभूमि :

नेपाली राजनीतिज्ञहरूका हामी नेपाली कार्यकर्ता तथा समर्थकहरू विश्वमै सबभन्दा बढी राजनीतिलाई बुझेका छौँ कि जस्तो गरी बिहानको डुलाइ होस् या चिया पसलमा होस् या कार्यालयमा समय व्यतीत गर्न होस् नेता र राजनीतिज्ञहरूको विषयमा गफ शुरु भइहाल्छौँ । अर्को रूपमा भन्ने हो हामी विविध ज्ञानका राजनीतिक विश्लेषकहरू स्वस्थ, सहिष्णु, सिर्जनशील, सार्थक र सकारात्मक खबरदारी गर्ने अनि सकारात्मक खबरदारी गर्नेतर्फ भन्दा बृहत नकारात्मकता प्रदर्शन गर्दै ठालुपन देखाएर आत्म–आसक्तिमा रमाउने, हनुमान प्रवृत्ति देखाउने र सही कुरालाई चाहिँ हावामा उडाउने, खेदो गर्ने तथा धारेहात लगाउने सतही, हावादारी, अनुशासनहीन र अस्वस्थ विश्लेषकहरू पनि पो हौँ कि जस्तो लाग्छ ।

धार्मिक व्यवहार र गुफा ध्यानबासको विविध पक्ष :

शहीदले देखाएको बाटोबाट राजनीतिज्ञ र सरकारमा बसेका सत्ताधारीहरू नेताहरू कुटील, आत्मकेन्द्रित तथा निजी स्वार्थ उन्मुख व्यवहार देखाउँदै विचलित हुन गएछन् भने बरु त्यसप्रति पो खबरदारी गर्नुपर्नेमा पशुपतिनाथमा पूजा गरेको कुरालाई लिएर पो प्रधानमन्त्रीको विरोध र हाँसो गरिन्छ ।

हिन्दू धर्मप्रति आस्था राखेर पशुपतिनाथमा नेपालका कार्यकारी प्रमुखले पूजा गर्दा विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरू र पशुपतिनाथको नाम नसुनेका हिन्दुहरूमा पनि पशुपतिनाथप्रति श्रद्धा, आस्था र विश्वासमा वृद्धि भएर विश्वको हिन्दू धार्मिक पर्यावरणमा पशुपतिनाथको ध्वनी गुञ्जयमान हुन सक्छ । प्रमलाई प्राप्त हुने महादेवको असीम कृपाले उहाँको मुखारवृन्दबाट फुत्त निस्कने हल्का शब्दहरू, अरुलाई अप्रिय लाग्ने शब्दहरू, अपहेलना झल्कने शब्दहरूमा कटौती हुँदै जान्छ । अरुको स्वस्थ, सहिष्णु, सार्थक र सकारात्मक, खबरदारीलाई चाहिँ सहर्ष स्वीकार गर्दा आफ्नो सर्वोच्चतामा नै ह्रास भएको महसुस गर्ने अराजनैतिक समझ, बानी–ब्यहोरा उनमा रहेछ भने पनि त्यसमा समेत सकारात्मक विकाश र सुधार हुन जान्छ भन्ने आशावादी, स्वथ्थ, सहिष्णु, रचनामूलक तथा सिर्जनशील विश्लेषण गर्न पनि त सकिन्छ ।

बरु, चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रपति सी जिन पिङले बहुसंख्यक तिब्बती जनभावनाको समेत सम्मान गर्दै धार्मिक आस्थालाई आबद्ध गरेर तिब्बतमा ‘आधुनिक समाजवाद’ लागु गर्दैगर्दा नेपालका प्रधानमन्त्रीले पनि भोलेनाथको पूजा गरेर त्यसैको अनुकरण गर्न पो खोजेका हुन् कि भन्ने स्वस्थ तथा सकारात्मक धारणा लिएर त्यतातिर पो अध्ययन, चासो, जिज्ञाशा, विश्लेषण र बहश केन्द्रित गर्न सकिन्छ । गत २० जनवरीको सपथग्रहणअघि बाइडेन र हैरिशले पनि प्रभु यशुलाई सम्झेर चर्चमा गएकै हुन् ।

जामे मस्जिदमा नमाज पढे इरान पाकिस्तान खुशी हुने, लुम्बीनीमा दर्शन गरे चीन भियतनाम खुशी हुने, चर्चमा गएर इशुको आशीर्वाद माग्दा पुतिन बाइडेन खुशी हुने, पशुपति र मुक्तिनाथमा पूजाआजा गर्दा भारत खुशी हुने भए यति सजिलो धार्मिक कुटनीतिको सकारात्मक उपाय अवलम्बन गर्दा झन् धन्यवाद दिनुपर्नेमा विरोध र हाँसो पो गरिन्छ ।

सबै नेपाली नेता तथा राजनीतिज्ञ र राजनीतिक शक्तिहरूले सधैं पशुपतिनाथको बाहिरबाटै भए पनि दर्शन गरेमा शिवलोकमा कित्ताकाट नगरी शिवलोकका जनपरिवार सबैलाई मिलाएर कसरी शिवले राज्यसञ्चालन गरेका रहेछन् भनेर उनीहरूलाई आत्मबोध हुनेछ र, शिवलोकमा जस्तो नेकपा लोकमा पनि विधि-विधानअनुसार सबै आफ्ना भूमिकामा रहेर सधैं एकता कायम गराउन पनि आत्मशक्ति प्राप्त हुन्छ भन्ने सकारात्मक आशा पनि सिर्जना हुन्छ । त्यसैले, हिन्दुबाहेकका अरु सबै धर्मालम्बीको कार्यक्रमहरूमा पनि नेताहरूले सहभागी हुनुपर्छ ।

सन् २०१९ निर्वाचनको केही दिनअघि भारतीय प्रम नरेन्द्र मोदीले केदारनाथ गुप्त गुफाबास जस्तै नेपालका सबै शीर्ष नेताहरूले हरेक तीन-तीन महिनामा हलेसी गुफामा केही दिन गुप्त ध्यानमा नै बस्नु उपयुक्त हुन्छ । हिजोका दिनमा नेकपाको कार्यसञ्चालनको सरसल्लाह गर्न अध्ययक्षद्वयको हैसियतमा प्रचण्ड र केपी ओलीले चन्द्रागिरी गएर भालेश्वर महादेवको मन्दिर क्षेत्रमा पाइला टेकेकै हुन् । यतिबेर विचलित मनस्थिति र अवस्थाको सामना गरिरहेका सबै राजनीतिक दलका शीर्ष पदाधिकारीहरू तथा अरु राजनीतिक शक्तिहरूले सम्भव भएसम्म सबै धर्मावलम्बीका भगवान् नसके आ-आफ्ना भगवान् प्रभुको दर्शन गर्दै गुप्त गुफा ध्यानवास गर्नु फलदायी हुन्छ ।

जामे मस्जिदमा नमाज पढे इरान/पाकिस्तान खुशी हुने, लुम्बीनीमा दर्शन गरे चीन/भियतनाम खुशी हुने, चर्चमा गएर इशुको आशीर्वाद माग्दा पुटिन/बाइडेन खुशी हुने, पशुपति र मुक्तिनाथमा पूजाआजा गर्दा भारत खुशी हुने भए यति सजिलो धार्मिक कुटनीतिको सकारात्मक उपाय अवलम्बन गर्दा झन् धन्यवाद दिनुपर्नेमा विरोध र हाँसो पो गरिन्छ !

गुफा ध्यानबासबाट जनतामा प्रचलित धार्मिक आस्था र विश्वासको एकातिर कदर र सम्मान गरेको देखिन्छ भने अर्कोतिर इश्वरप्रतिको आस्था र विश्वासले मनभ्रान्ति, नैतिकता, व्यवहार र आचरणमा पनि सुधार हुन्छ । र, निजी स्वार्थको लागि, सभ्रान्त वर्ग एवम् आफ्ना हुक्के–बैठके तथा हनुमान र गणेशप्रवृत्ति भएकाहरूलाई तत्काल लाभ हुने कार्यक्रमभन्दा तल्लो तहका जनताको जीवनस्त सुधारहुने, बेरोजगारले खाडी जान नपर्ने, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम जस्ता नेपाली जनता र शहीदले देखेका सपना पूरा गर्ने किसिमका सामाजिक न्याय र समाजवाद उन्मुख कार्यक्रम र नीति तय गर्दै व्यापक राष्ट्रिय मेलमिलाप तथा एकता कायम गर्नेतर्फ राजनीतिज्ञहरूको मन ध्यान एकाग्र पनि हुने भएकाले जनतामा नैराश्यता पनि कम हुन्छ ।

र, अन्त्यमा :

धार्मिक ठेकेदार एवम् धर्मको बिँडो थामेका धर्माधिकारीहरूको अत्याधार बढ्दै जाँदा, राज्य सञ्चालनका पदाधिकारीहरूले धार्मिक आवरणमा जनसेवा भन्दा आफ्नो सबैखाले लाभमूलक स्वार्थ पूरा गर्नेतर्फ लाग्दा पनि भगवान् श्रापको डरले पापको सजाए नभोग्न मौन बस्न बाध्य भएका भक्तजनहरूलाई देखेर ‘धर्म अफिम हो’ भनेर सायद कार्ल माक्र्सले भन्नुभएको हुन सक्छ ।

देवता नै सर्वश्रेष्ठ हुन् भन्ने भारतीय जनताको देवत्वमुखी धार्मिक भावना, आस्था र विश्वासमा खेलबाड गरेर आरएसएस एवम् भाजपाले हिन्दुत्वको वकालत गरे पनि राजनीतिक रूपमा प्रजातन्त्रको आवरणमा प्रचारउन्मुख दक्षिणपन्थी अवसरवाद अवलम्बन गर्दै विधि विधानलाई तिलाञ्जली दिँदै सामाजिक व्यवहारमा एकता कायम गर्ने देवताको रूप हैन विभाजनकारी असहिष्णु रूप देखाएको भनेर आरोप लाउने विरोधीहरू पनि छिमेकी राष्ट्र भारतमा छन् ।

भारतीय आरएसएसको संकुचित हिन्दुत्वले निर्दिष्ट गरेअनुसार भाजपा समर्थक र कार्यकर्ताहरूले भारतलाई हिन्दुराष्ट्र बनाउने मागभन्दा त बृहत धार्मिक आस्था र विश्वास अटाउन सक्ने फरक प्रकारको हिन्दुराज्य नेपाल भइदिएको खण्डमा वर्तमानमा ‘अर्थ एवम् वित्तवाद’ले अतिक्रमित भइरहेको आ–आफ्ना धार्मिक आस्था एवम् विश्वास, प्रथा संस्कृृति, परम्पराको जगेर्ना सम्भव हुने थियो कि भनी मनमनै मत दिने र कामना गर्ने हिन्दुधर्मालम्बी बाहेकका अन्य धमार्वलम्बीहरूको पनि ठूलो जमात नेपालमा भएको यथार्थतालाई उपेक्षा गर्न सकिन्न ।

र, धर्मनिरपेक्षताले सबैलाई सबैलाई समेटेर देशको अखण्डता र सार्वभौमकत्तालाई संरक्षण गर्छ र अनेकतामा एकताको निम्ति अन्तरापको काम पनि गर्छ भन्ने हिजोको जनमत, जनअपेक्षा र जनविश्वासमा क्रमशः ह्रास भइरहेको महसुस गर्न थालिएको छ । धर्मनिरपेक्षताको आवरणमा विभिन्न महादेशीय क्षेत्रमा अस्थिरता ल्याएर आफ्नो अनुकूलको परिस्थिति सिर्जना गर्न लागिपरेका विदेशी शक्तिहरूको प्रिय भइदिँदा छिमेकी पनि रिसाउने र देशभित्र नै विवादित भएर अलोकतान्त्रिक राजनीतिक दुर्घटना पनि निम्त्याउन सक्ने अवस्था हुँदो रहेछ भन्ने एशिया प्रशान्त क्षेत्रका हालका घटनाले कता-कता सङ्केत पो गरेका हुन् कि भन्ने आभास हुन थालेको छ ।

यस सन्दर्भमा, हामीले हाम्रा नेता, राजनीतिक पदाधिकारीहरू, राजनीतिज्ञहरू र विविध राजनीतिक शक्तिहरूको आ–आफना इश्वरप्रतिको आस्था, विश्वास र व्यवहारहरू बृहत राष्ट्रिय एकता र मेलमिलापको वातावरण सिर्जना गरी देश निर्माण गर्नेतर्फ उन्मुख नभएर नेपाली जनताको धार्मिक विश्वासमाथि खेलबाड गर्दै आफूले आफ्नै देशमा चाहिँ गर्न नचाहने तर अरु देशकाले नै गरिदिएर तत्काल आफ्नो स्वार्थ पूरा गरिदिउन् भन्ने चाहना राख्ने र दबाब पनि दिने कुनै बाह्य शक्तिलाई खुशी पार्न र अदृष्य आर्थिक लाभको अवलुञ्चन, कुटील स्वार्थपरक तथा आत्मकेन्द्रित प्रचारप्रेरित चरम दक्षिणपन्थी अवससरवाद उन्मुखतामा परिणत त भइरहेको छैनन् भन्नेतर्फ चाहिँ चासो, जिज्ञाशा, सर्तकता, अध्ययन गर्दै स्वस्थ, सहिष्णु, सार्थक र सकारात्मक खबरदारी भने जारी राख्नुपर्छ ।

( लेखक नेपाल सरकारका पूर्वमहानिर्देशक हुन् ।)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

ऐतिहासिक पदकसँगै यसरी ‘फेन्सिङ रानी’ बनिन् अनिता श्रीविक्रम भण्डारी खेलकुद कुन चरीको नाम हो उनलाई पत्तो थिएन । विद्यालयमा खेलेको

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि