२२ फाल्गुन २०७७, शनिबार

क्यान्सरको खतराबाट बच्न मदिराबाट जोगिनुस्

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार ०६:०७



यदि तपाईं मदिरा सेवन गर्ने गर्नुहुन्छ र थोरै मात्रामा सेवन गर्दा कुनै खतरा हुँदैन भन्ने सोचमा हुनुहुन्छ भने ध्यान दिनुहोस् । हालै गरिएको एउटा अध्ययनले देखाएको छ कि थोरै रक्सीले पनि क्यान्सरको जोखिमलाई २० प्रतिशतसम्म बढाउँछ । यो अध्ययन ‘क्यान्सर’ नामको पत्रिकामा प्रकाशित भएको छ । अन्वेषकहरूका अनुसार यदि वयस्क व्यक्तिले मदिरा सेवन गर्ने गरेका छन् भने मात्राको स्तर जतिसुकै भए पनि क्यान्सर हुने खतरा रहन्छ ।

यो अध्ययन जापानको टोकियो विश्वविद्यालय र बोस्टनस्थित हार्वर्ड टी.एच.चान स्कुल अफ पब्लिक हेल्थ मिलेर गरिएको थियो । उक्त अध्ययनका सहलेखक मासायोशी जैत्सुका अनुसार क्यान्सरको बढ्दो जोखिमलाई ध्यानमा राख्दै रक्सीले गर्दा हुने क्यान्सरको बारेमा मानिसहरूलाई सजग गराउनु आवश्यक छ । अन्वेषकहरूको दाबीअनुसार जो व्यक्ति कहिलेकाहीँ मात्र पनि रक्सी पिउँछन्, पिउँदैनपिउनेहरूको तुलनामा उनीहरूलाई क्यान्सरको खतरा १८ प्रतिशत बढी रहन्छ ।

उक्त अनुसन्धानका लागि वैज्ञानिकको टोलीले १,२६,४६४ व्यक्तिको मेडिकल डाटा अध्ययन गरेको थियो, जसमध्ये ६३,२३२ व्यक्ति क्यान्सरबाट ग्रस्त थिए, जबकि यति नै संख्यामा मानिस पूर्णतया स्वस्थ थिए । यी सबै सहभागीहरूले बताए कि उनीहरूले दिनहुँ कति मात्रामा मदिरा सेवन गर्छन् र कहिलेदेखि गर्दै आएका छन् ।

अध्ययनका अनुसार, जो मानिस मदिरा सेवन गर्दछन् वा जसले पहिले पिएर पनि मदिरा छोडे, उनीहरूलाई एसोफेगल क्यान्सरको जोखिम ४ गुणा बढी र ल्यारिङ्स क्यान्सरको खतरा २ गुणा बढी हुन्छ । यसको अलावा उनीहरूमा मदिरा सेवन नगर्ने व्यक्तिको तुलनामा कलेजो र कोलोन क्यान्सरको जोखिम ३० प्रतिशत ज्यादा रहेको पाइयो । त्यस्तै, पेटको क्यान्सर र स्तन क्यान्सरको खतराचाहिँ २० प्रतिशत बढी फेला पऱ्यो । ज्ञातव्य छ, एसियाली देशहरूमा क्यान्सर सबैभन्दा ठूलो रोगको रूपमा रहेको छ र विभिन्न रोगमध्ये क्यान्सरकै कारण मर्नेको सङ्ख्या अत्यधिक रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२

विकास रौनियार, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत

सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी हेमशंकर सिंह, राजविराज शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा