१५ फाल्गुन २०७७, शनिबार

‘पाँच तारा’ले शुरु गऱ्यो एटीएम सेवा

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार ०३:०७



नियमित बचत गर्ने सदस्यलाई निःशुल्क एटीएम कार्ड

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । छोटो समयमै सहकारी क्षेत्रमा अलग ख्याति आर्जन गर्न सफल पुरानो सिनामंगलमा रहेको सो संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरेर एटीएम सेवा शुभारम्भ गरेको हो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले हालै आयोजित एक विशेष कार्यक्रमबीच सेवाको उद्घाटन गर्नुभयो । एटीएम बुथको उद्घाटनका अवसरमा कार्यक्रमका प्रमुख अतिथि कँडेलले सहकारी क्षेत्रलाई प्रविधिमैत्री तुल्याउन केही कानुन परिमार्जन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । यसका लागि महासंघले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग पहल गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

सो अवसरमा संस्थाका अध्यक्ष भोलानाथ पाठकले यस भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्था नहुँदा आफूहरूले सहकारी संस्था स्थापना गरेर सदस्यहरूलाई सेवा दिन थालेको स्मरण गर्दै संस्थाले केही वर्षअगाडि नै एटिएम सेवा शुरु गर्ने योजना बनाएको भए पनि कारणवश केही समय ढिला हुन गएको बताउनुभयो । संस्था हाँक्ने एक ‘कुशल चालक’को रूपमा समेत चर्चा कमाएका अध्यक्ष पाठकले यसअघि नै मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएर सदस्यहरूलाई युटिलिटी पेमेन्ट, ब्यालेन्स चेक तथा ट्रान्सफर जस्ता सुविधा दिँदै आएको जानकारी दिनुभयो ।

एटिएम सेवा सञ्चालनमा ल्याउन त्यति सहज नभएको र खर्चालुसमेत रहेकाले त्यसलाई व्यवस्थापन गर्दै जानु थप चुनौती रहेको स्वीकार गर्दै उहाँले भन्नुभयो- ‘एटिएम सेवा शुरु गर्नु ठूलो होइन, तर यसलाई निरन्तरता दिने र सदस्यमाझ पुऱ्याउनु महत्वपूर्ण हो, सबै सदस्यलाई एटिएम सेवा लिन आग्रह गर्छु ।’

संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने सदस्यहरुलाई बिना शुल्क एटिएम कार्ड उपलब्ध गराउने जनाएको छ । अन्य सदस्यले भने २५० रुपैयाँ शुल्क तिरेर डेबिट कार्ड लिन सक्ने बताइएको छ ।

संस्थासम्बद्ध राधा कडरियाका अनुसार एससीटी नेटवर्कसँग सहकार्य गरेर एटीएम सेवा सुरु गरिएको हो भने संस्थाका सदस्यले नेटवर्कमा आवद्ध जुनसुकै संस्थाको मेशिनमा कार्ड स्वाप गरेर भुक्तानी लिन सक्ने छन् । त्यसैगरी ई-कमर्श, वालेट जस्ता प्लाटफर्ममा कार्ड एड गरेर विभिन्न वस्तु खरिद तथा सेवा उपभोग गर्न सकिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रासस कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ ।

झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक

पुनहरि बेल्बासे, भैरहवा मुलुककै पहिलो निर्यातमुखी परियोजना हो, रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) । मन्त्रीपिच्छे उद्घाटन गर्दासमेत सेज

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले