२२ फाल्गुन २०७७, शनिबार

विभिन्न विधामा पाँच लेखक पुरस्कृत

  प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार ०२:२८



‘रत्न-श्रेष्ठ पुरस्कार गुठी बागलुङ’ले विभिन्न विधामा पाँच लेखकलाई पुरस्कृत गरेको छ । गुठीले हरेक दुई/दुई वर्षमा प्रदान गर्ने रु ५० हजार राशिको ‘रत्न-श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका छन् । निबन्ध कृति ‘भौज्याहा’का लागि बानियाँलाई पुरस्कृत गरिएको हो ।

म्याग्दीको बेनी नगरपालिका-५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन् ।

यस्तै ‘रत्न-श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा. प्रमोद ढकालले प्राप्त गरेका छन् । रु २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि ढकाललाई प्रदान गरिएको गुठीले जनाएको छ ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘फुर्लुङ’का लागि उनी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि रु १५ हजार रहेको छ । यस्तै, गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्राडा रमेशचन्द्र अधिकारीले प्राप्त गरेका छन् । जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत हुनुभएको हो । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

गुठीद्वारा सञ्चालित ‘गुरु गणेश-विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ । १२ हजार पुरस्कारको राशि रहेको सो पुरस्कारबाट उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत भएका हुन् ।

बागलुङमा शुक्रबार आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक–संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्राडा दीनबहादुर थापाले समीक्षात्मक टिप्पणी राखेका थिए भने पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका थिए ।

साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सम्वत् ११४१ शिशिर ऋतु वि.सं. २०७७ फाल्गुण २२

विकास रौनियार, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले ज्यान मार्ने मुद्धामा संलग्न ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । गत

सरकार निर्माणको साँचो कांग्रेससँग रहेको कांग्रेस महामन्त्रीको दाबी हेमशंकर सिंह, राजविराज शिलान्यास भएको झण्डै १८ वर्षपछि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा