विराटनगरमा आज नेकपाको जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने
प्रकाशित मिति
८ फाल्गुन २०७७, शनिबार ०१:५८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पैदा भएको बिग्रहपछि प्रचण्ड पक्ष चरणवद्ध आन्दोलनमा छ भने केपी ओली पक्ष पनि देशभर जनसभामा जुटेको छ । मुलुकका विभिन्न स्थानमा वृहत् सभाको आयोजना गर्दै आएको सत्तासीन नेकपाले आज विराटनगरमा सभाको आयोजना गर्दैछ ।
नेकपा प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । बताइएअनुसार प्रधानमन्त्रीका अलावा गृहमन्त्री रामबहादुर थापा, सुवास नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलगायतका नेपाले विराटनगरमा हुने जनसभालाई सम्बोधन गर्नेछन् ।
यही फागुन १ गते नेकपाको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जनसभालाई पनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए ।