संविधानको मूल्य कति अर्ब ?-रामहरि पाण्डे

संविधानको मूल्य कति अर्ब ?-रामहरि पाण्डे


दुई वर्षकार्यकाल तोकिएको संविधानसभाले निर्धारित समयमा संविधान बनाउन नसके पनि साढे तीन वर्षका राष्ट्रको ढुकुटीबाट साढे दुई अर्बभन्दा बढी रुपैयाँ स्वाहा पारेको छ । यति धेरै रकम सभासद् तथा सचिवालयका कर्मचारीको तलब-भत्तामा मात्र खर्चिएको हो । यत्रो रकम खर्च गरे पनि उनीहरूले लोकतान्त्रिक संविधान निर्माणको आशा जगाउन भने सकेका छैनन् । सभासद् एवम् संविधानसभाप्रति नै वितृष्णा जगाउने प्रमुख कारणमध्ये यो एक बन्न पुगेको देखिन्छ ।
०६५ सालदेखि गत कात्तिकसम्ममा सभासद्को तलब-भत्ताका लागि मात्र राज्यले एक अर्ब ७८ करोड ८१ लाख पाँच हजार चार सय ६७ रुपैयाँ खर्च गरेको छ । सभासद्हरूको नेतृत्व गर्ने सभामुख तथा उपसभामुखका लागि पनि यस अवधिमा एक करोड ७४ लाख ६ सय ८९ रुपैयाँ खर्च भएको संसद् सचिवालय लेखा शाखाको विवरणमा उल्लेख छ । संसद् सचिवालयबाट मासिक रूपमा पाँच सय ९८ जना सभासद्ले प्रतिव्यक्ति ६३ हजार आठ सय ६८ रुपैयाँ बुझ््दै आएका छन् । सभासद्लाई तलबबापत मासिक ३४ हजार ३० रुपैयाँ बुझाइन्छ भने थप सेवा-सुविधाअर्न्तर्गत प्रत्येक सभासद्लाई स्वकीय सचिवको व्यवस्थासमेत गरिएको छ । सचिवालयले सभासद्को स्वकीय सचिवका लागि मात्र अलग्गै मासिक १८ हजार सात सय ९० खर्च गर्दै आएको छ । यो सुविधासँगै आवासका लागि ६ हजार पाँच सय, टेलिफोन दुई हजार, धारा र बिजुली एक हजार दुई सय ४८ र मसलन्द शीर्षकमा थप एक हजार तीन सय रुपैयाँ पनि दिँदै आएको छ ।
यसमाथि पनि गत साउनबाट सभासद्को तलब-भत्ता वृद्धि गरिएको छ । सचिवालय लेखा शाखाका अनुसार सभासद्हरूले साउनअघि मासिक २६ हजार मात्र बुझ्दै आएका थिए, तर त्यसलाई बढाएर अहिले ३४ हजार पुर्‍याइएको छ । निजामती कर्मचारीसँगै उनीहरूको पनि तलब बढाएर ३४ हजार पुर्‍याइएको हो । यसरी तलब वृद्धि भएपछि गत साउनयता मात्र सभासद्का लागि सचिवालयबाट मासिक चार करोड ६० लाख ६५ हजार दुई सय ८६ रुपैयाँ तथा सभामुख र उपसभामुखका लागि मात्र मासिक चार लाख ७९ हजार आठ सय ८८ रुपैयाँ राज्यको ढुकुटीबाट खर्च हुँदै आएको छ । यदि संविधानसभा तथा त्यसअर्न्तर्गतका विभिन्न समितिहरूको बैठक नियमित रूपमा सञ्चालन हुने हो भने खर्चको अङ्क अझ बढ्न सक्छ । अहिलेकै तथ्याङ्कका आधारमा पनि संविधानसभाको म्याद अब ६ महिना थप गर्दा २७ करोड ६३ लाख ९१ हजार सात सय १७ रुपैयाँ सभासद्का लागि र सभामुख-उपसभामुखका लागि मात्र २८ लाख ७९ हजार दुई सय ८३ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । संसद् सचिवालय लेखा शाखाका अनुसार सभासद्हरूका लागि राज्यले मासिक ३८ लाखभन्दा बढी त आवासका लागि नै खर्च गर्ने गरेको देखिन्छ । यो सुविधा राजधानीमा आवास नभएका सभासद्हरूका लागि हो । आर्श्चर्य त यो छ कि राजधानीमा घर भएका कतिपयले पनि आवासका लागि भन्दै मासिक ६ हजार पाँच सय बुझ्दै आएका छन् ।
संविधान बनाउन नसक्ने सभासद्हरूमाथि भएको उल्लिखित खर्चका अलावा सचिवालयमा काम गर्ने कर्मचारीले पनि साढे तीन वर्षको अवधिमा ४७ करोड ९६ लाख चार हजार ५९ रुपैयाँ बुझेका छन् । संविधानसभाको सङ्ख्या ठूलो भएकाले सचिवालयमा कर्मचारीको सङ्ख्या पनि बढी छ । सचिवालयका एक अधिकारीले घटना र विचारसँग भने, ‘जम्बो सभासद्को सहयोग गर्नका लागि जम्बो कर्मचारीको खाँचो परेकाले तलब-भत्ताको रकम बढ्नु अस्वाभाविक होइन ।’
राज्यको अर्बौं रकम बसी-बसी हजम गर्ने यिनै सभासद्हरूले जनमत सङ्कलनका लागि भन्दै समिति कर्मचारीको सहयोगमा ११ करोड ५३ लाख ५१ हजार रुपैयाँ पचाएको खुलासा भएको छ । विभिन्न दातृ निकायले दिएको भौतिक तथा आर्थिक सहयोग यहाँ समावेश गरिएको छैन, जब कि विभिन्न दातृ निकायबाट गाडी, कम्प्युटर, स्टेसनरीलगायतका सामग्री सहयोगस्वरूप प्राप्त भएका छन् । संविधानसभाका सदस्यहरूका लागि राज्यले गरेको खर्चले करिब १८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुन सक्दथ्यो, तर अहिलेसम्मको खर्च बालुवामा पानी हालेसरह भएको छ । दु:खद् पक्ष त यो छ कि ढुकुटीबाट यति धेरै रकम खर्च गरेर सङ्कलन गरिएको ‘जनमत’ ?प्रतिवेदन)लाई सचिवालयका कर्मचारीद्वारा एउटा कोठामा पोको पारेर ‘लावारिस’ किसिमले थन्क्याइएको छ ।
निलम्बनमा परेका सभासद् शिवपुजन राय यादवले संसद् सचिवालयबाट जबर्जस्ती तलब बुझ्ने गरेका छन् । उनले सचिवालयमा आएर नियमित रूपमा तलब बुझ्ने गरेका लेखा शाखाका एक कर्मचारीले जनाए । ‘उनको तलब रोक्नु भनेर हामीलाई कतैबाट पनि आदेश नआएकोले नियमअनुसार पाउने सबै तलब-भत्ता दिएका छौँ,’ उनको कथन छ । स्मरण रहोस्, रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा रिहा भए पनि यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणका लागि खोजी गरिरहेको छ ।
संविधान निर्माणका लागि भन्दै राज्यले यति धेरै रकम खर्च गरे पनि आधा दर्जन नेताका इसारामा चल्ने रोकोटजस्ता सभासद्हरूमध्ये धेरैलाई संविधान भनेको के हो र कसरी बनाउन सकिन्छ भन्नेबारे अझै पूर्ण ज्ञान हासिल भएको देखिँदैन । अझ भन्ने हो भने, विशिष्ट श्रेणीका लागि लिइने स्तरको परीक्षामा सामेल गराएर मात्रै सभासद् बनाउने प्रावधान रहेको भए संविधानसभाको कुल सङ्ख्यामध्ये मुस्किलले पाँच प्रतिशतमा मात्र उत्तर्ीण्ा हुने योग्यता रहेको देखिन्छ । दलका नेताहरूले आफ्नो इशारामा चलाउनका लागि हुनसक्छ, समावेशीका नाममा कतिपयलाई लुगा तथा जुत्ता सिलाउँदै गरेको अवस्थामा त केहीलाई भाँडा माझ्दामाझदै, कोही पसलमा बसेर चुरा-धागो बेच्दै गरेको अवस्थामा टपक्क टिपेर ल्याई सभासद् बनाइएको छ । यसरी संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरूका निम्ति राज्यको ढुकुटीबाट खर्च हुने अर्बौं रकम, उनीहरूको योग्यता र क्षमताका कारण राजनीतिक संस्था र व्यक्तिप्रतिको विश्वास नै जनमानसमा स्वात्तै घट्न पुगेको छ, जसलाई अस्वाभाविक मान्न सकिन्न ।

नेताका सन्तानजति स्वेच्छिक अवकाशमा
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले विभिन्न अस्थायी शिविरका कमान्डरहरूलाई राजधानीमा बोलाई लडाकुहरूलाई सेनामा समायोजनको प्याकेज रोज्न लगाउन चेतावनी शैलीमा उर्दी नै जारी गरे । अध्यक्ष प्रचण्डले आफ्नै निवासमा बोलाई यस्तो उर्दी जारी गरेपछि कमान्डरहरूले पनि सोहीअनुसार शिविरका लडाकुहरूलाई पनि चेतावनीपूर्ण शैलीमा समायोजान प्रक्रियामा जान रुलिङ जारी गरे । कमान्डरका निर्देशनअनुसार आधाभन्दा बढी लडाकुले वर्गीकरणका लागि पुगेका टेलीसमक्ष समायोजन प्याकेज नै रोजे भने बाँकीले भने स्वेच्छिक अवकाश । माओवादी उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डको ठाडो निर्देशनका कारण धेरै लडाकुले समायोजन प्रक्रियामा सामेल हुने भन्दै सोहीअनुसार फारम भरेका हुन् । पार्टी अध्यक्षको ठाडो निर्देशनअनुसार शिविरमा रहेका र्सवसाधारण जनताका छोराछोरीले समायोजन प्रक्रिया रोजे पनि अध्यक्ष प्रचण्डकै पुत्र प्रकाश दाहाल भने स्वेच्छिक अवकाश लिने निर्णय ा पुगेका छन् । अनमिनद्वारा लडाकु प्रमाणित प्रचण्डपुत्र प्रकाश बाबुकै आदेशअनुसार स्वेच्छिक अवकाशमा जाने भएको प्रचण्ड निकट सूत्रले बतायो । सूत्रका अनुसार कुनै दैविक चमत्कार भए मात्र प्रकाश समायोजन प्रक्रियामा सामेल हुनेछन् नत्रभने उनी आफ्नो भागमा पर्ने ६ लाखभन्दा बढी रकम लिएर लडाकुबाट अवकाश लिनेछन् ।
सूत्रका अनुसार अध्यक्ष प्रचण्डले आफ्नो पुत्र प्रकाशलाई मात्र होइन अधिकांश नेताका छोराछोरीलाई स्वेच्छिक अवकाशमा जान सल्लाह दिएका छन् । सोहीअनुसार माओवादी नेताका छोरोछोरी जो लडाकुका रूपमा परिचित छन् ती सबैले राज्यबाट रकम लिएर स्वेच्छिक अवकाश लिने भएका हुन् । प्रचण्डकै सल्लाहअनुसार माओवादी सचिव एवम् ऊर्जामन्त्री पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले पनि स्वेच्छिक अवकाश लिने भएकी छिन् । लडाकुका लागि राज्यले दिँदै आएको मासिक तलब-भत्ता बुझ्दै आएकी प्रभा गत वर्षकाटै पत्रकारिता क्षेत्रमा लाग्दै आएकी छिन् । अध्यक्ष प्रचण्डकी पूर्वबुहारीसमेत रहेकी प्रभा अहिले एक निजी टेलिभिजनमा समाचारदाता एवम् समाचारवाचिकाको रूपमा काम गर्दै आएकी छिन् । पत्रकारिता क्षेत्रमा नै आफ्नो भविष्य बनाउनका लागि स्वेच्छिक अवकाश लिएको उनले प्रतिक्रिया दिएकी छिन् । माओवादी लडाकु प्रमुख नन्दकिशोर पुन पासाङका कान्छो छोरा दिपेशले पनि स्वेच्छिक अवकाश रोजेका छन् । उनले आफ्नो बाबुको सल्लाहमा नै उक्त विकल्प रोजेका हुन् । पासाङका जेठा छोरा जितेन्द्रले भने समायोजन रोजेका छन् । सूत्रका अनुसार पासाङका दुवै छोराले स्वेच्छिक अवकाश रोज्दा नराम्रो सन्देश जाने भएकाले जेठो छोरालाई समायोजन प्रक्रिया रोज्न लगाइएको हो । ‘तर, पछि समायोजन हुने सङ्ख्यामा ६५ सयभित्र नपारेको भन्दै उनलाई पनि स्वेच्छिक अवकाश लिन लगाइनेछ,’ पार्टीका एक केन्द्रीय नेताले घटना र विचारलाई जानकारी दिए । माओवादीका अर्का नेता कृष्णबहादुर महराका छोरा एटम पनि स्वेच्छिक अवकाश लिने सोचाइमा छन् भने प्रचण्डनिकट सभासद् कालिबहादुर मल्लका छोरा अभिजंगले पनि स्वेच्छिक अवकाश रोजेका छन् । स्रोतले भन्यो, ‘यी त उदाहरण मात्र हुन्, माओवादीका केन्द्रीय मात्र होइन जिल्लास्तरका नेताका छोराछोरीले समेत समायोजन नभई स्वेच्छिक अवकाश रोजेका छन् ।’ राज्यबाट पैसा पनि पाइने र आफ्ना पिताका आडमा समाजमा दबाबपूर्ण राजनीति पनि गर्न पाइने भन्दै अधिकांश नेताका छोराछोरीले स्वेच्छिक अवकाश लिएका हुन् ।

कमान्डर बन्न घम्साघम्सी
समायोजनमा जाने लडाकुको नेतृत्व कसले लिने भन्ने विषयलाई लिएर लडाकु कमान्डरहरूबीच घम्साघम्सी परेको छ । समायोजनको नेतृत्व लिने विषयलाई लिएर प्रथम र दोस्रो डिभिजनका कमान्डरबीच घम्साघम्सी परेको हो । अध्यक्ष प्रचण्डले प्रथम डिभिजनका कमान्डर यमबहादुर अधिकारीको नेतृत्वमा समायोजन गराउने योजना बनाएपछि दोस्रो डिभिजन कमान्डर सुकबहादुर रोका आफूभन्दा जुनियर कमान्डरको नेतृत्वमा समायोजन नहुने भन्दै विरोधमा उत्रिएका हुन् । समायोजन हुने लडाकु र त्यसकोे नेतृत्वका विषयमा पार्टी नेतृत्वले गुटगत राजनीति गर्न खोजेको भन्दै रोकाले यही स्थिति रहे आफू समायोजन प्रक्रियामा नजाने र बाहिरै बसेर पार्टी नेतृत्वविरुद्ध खबरदारी आन्दोलन गर्ने आफू निकटस्थहरूलाई जानकारी गराएका छन् । माओवादीले वाईसीएलको संरचना निर्माण गर्नुअघिसम्म अधिकारी चौथो डिभिजनका सहकमान्डर थिए भने रोका दोस्रो डिभिजनका कमान्डर । तर, माओवादीले अधिकांश लडाकुलाई ‘वाईसीएल’ नाम दिएर अर्धसैन्य दस्ता निर्माण गर्दै चौथो डिभिजन कमान्डर गणेशमान पुन रश्मीलाई वाईसीएलको संरक्षक बनाएपछि अधिकारीलाई सोही डिभिजनको कमान्डर बनाइएको थियो । यसैलाई आधार मान्दै कमान्डर रोकाले आफूभन्दा जुनियर व्यक्तिको नेतृत्वमा आफू समायोजन प्रक्रियामा सहभागी हुन नसक्ने स्पष्ट पारेका हुन् । उनले आफूनिकट नेताहरूसँग समायोजन प्रक्रियाको नेतृत्व गर्न शैक्षिक योग्यता तथा क्षमताका आधारमा पूर्णरूपमा निपुण हुँदाहुँदै पनि नेतृत्वबाट राजनीतीकरण हुन खोजेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । उनले यसबारे अध्यक्ष प्रचण्डसँग पनि भेट गरी आफ्नो क्षमता र सिनियारिटीबारे जानकारी गराएको प्रचण्डनिकट एक नेताले जानकारी दिए । अध्यक्ष प्रचण्डले भने दुई कमान्डरहरूलाई बेग्लाबेग्लै आफ्नो निवासमा बोलाई नेतृत्वबारे आफूहरूले उपयुक्त निर्णय गर्ने भएकोले यसबारेमा विवादित कुनै पनि कुरा नगर्न र पार्टीकानर्ण्र्ाााई आत्मसात् गरी अघि बढ्न सुझाएको प्रचण्डको भनाइ उद्धृत गर्दै प्रचण्डनिकट एक नेताले घटना र विचारलाई जानकारी दिए । ‘पार्टीका अहिले नै कसको नेतृत्वका समायोजन गर्ने भन्ने विषयमा कुनै निर्णय नगरेकोले सबैसँग छलफल गरी उपयुक्त निर्णय गर्ने अध्यक्ष कमरेडले दुवै लडाकु कमान्डरलाई स्पष्ट पार्नुभएको छ । प्रचण्डनिकट ती नेताले थपे, ‘अधिकारी र रोका दुवै अध्यक्षनिकटका लडाकु भएकाले यसबारे थप विवाद हुने सम्भावना कम छ ।’ लडाकुको नेतृत्व गर्ने विषयमा भएको विवादबारे जानकारी लिन खोज्दा रोकाले केही बताउन चाहेनन् । उनले भने, ‘कसको नेतृत्वमा समायोजन हुने भन्नेबारे पार्टीका छलफल भइरहेको छ, त्यसैले पार्टीका नै निर्णय गर्छ, यसबारे मैले केही भन्न मिल्दैन ।’

दुई केन्द्रीय सदस्य लडाकु बन्न इच्छुक
माओवादीले केन्द्रीय नेतृत्वमा रहेका कसैलाई पनि समायोजनमा नपठाउने निर्णय गरे पनि दुई केन्द्रीय सदस्यका हकमा भने उक्त निर्णय लागू नहुने सम्भावना देखिएको छ । माओवादी उच्च सूत्रका अनुसार पार्टीकोन्द्रीय सदस्यसमेत रहेको सातौँ र तेस्रो डिभिजन कमान्डहरूले पनि सेनामा समायोजन हुने भन्दै पार्टी नेतृत्वको घर धाउन थालेपछि यस्तो सम्भावना देखिएको हो । माओवादीले यसअघि पार्टीकोन्द्रको निर्णय भन्दै केन्द्रीय सदस्य पदमा रहेका कुनै पनि कमान्डरहरूलाई समायोजन प्रक्रियामा सहभागी नगराइने जानकारी गराएको थियो । तर, सेनामा समायोजन हुँदा केही
महत्त्वपूर्ण पदहरू पनि पाउने भएपछि उक्त पदमा समायोजित हुन केन्द्रीय सदस्यसमेत रहेका कमान्डर लालायित भएका हुन् । पार्टीकोन्द्रीय सदस्य भए पनि सेनामा समायोजन हुन चाहने लडाकु कमान्डरमध्ये तेस्रो डिभिजनका धनबहादुर मास्के र सातौँ डिभिजनका सन्तु दराई रहेका छन् । सूत्रका अनुसार पार्टीका सुरुदेखि नै सेनाको भूमिकामा रहेकोले पछि पनि सेना नै बन्ने इच्छा भएर समायोजन प्रक्रियामा जान चाहेका हुन् । उनीहरूले समायोजनमा जाने-नजाने त्यो सबै व्यक्तिको इच्छामा भरपर्ने भन्दै त्यसबारे कुनै अङ्कुश नलगाउन पार्टी नेतृत्वलाई आग्रह गरिरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनीहरूले पार्टी नेतृत्वले आफूहरूमाथि लगाएको अङ्कुशको विरोध गर्दै पार्टी नेतृत्वले आफूहरूलाई लगाम लगाएको घोडा बनाएको भन्दै हिँड्न थालेका छन् । लडाकुमा आफ्नो प्रभुत्व देखाउन पार्टी नेतृत्वले तानाशाही व्यवहार गरेको भन्दै उनीहरूले आफूनिकट नेताहरूसँग नेतृत्वले जवानीमा फौजी बनायो अब रिटायर्ड हुने बेलामा फेरि राजनीति गर्न आइज भनेर कसरी सम्भव हुन्छ भन्दै नेतृत्वप्रति नै प्रश्न उठाएका छन् । उनीहरूले पार्टीका सल्लाहमा सैन्य क्षेत्रमा कमान्ड गरिरहेकोले साङ्गठनिक क्षेत्रमा कुनै पकड नरहेको र सैन्य क्षेत्रको अनुभव राम्रो भएकोले सेनामा नै समायोजित हुन चाहेको स्रोतले बतायो ।
यसैबीच उपाध्यक्ष मोहन वैद्यले पनि पार्टी नेतृत्वको दबाबका कारण लडाकुहरूले समायोजन प्रक्रिया रोजेको आरोप लगाएका छन् । वैद्यनिकट सचिव सीपी गजुरेलले भनेका छन्- पार्टी नेतृत्वको दबाबका कारण लडाकुहरू गलत निर्णय ा सिकार बनेका छन् । उनीहरू सेनाको अनुशासनमा रहेकाले पनि पार्टी नेतृत्व तथा कमान्डरको निर्णय मान्न बाध्य भएको गजुरेलको भनाइ थियो । यसअघि लडाकुको वर्गीकरण सुरु हुनुअघि उपाध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलले संयुक्त विज्ञप्ति जारी गर्दै शिविरमा रहेका लडाकुलाई समायोजनमा नगई स्वेच्छिक अवकाश लिएर बाहिर आउन आह्वान गरेका थिए । उनीहरूले समायोजनसम्बन्धी सम्झौतालाई आत्मर्समर्पणवादीको संज्ञा दिएका छन् ।

रुक्मांगदले राखे नयाँ कीर्तिमान, अवकाशपछि आकाशमै बढी
प्रधानसेनापति पदबाट अवकाश भएपछि सबैभन्दा बढी विदेश भ्रमण गर्ने रर्ेकर्ड रुक्मांगद कटवालले राख्नुभएको छ । दुई वर्षअघि ०६६ भदौमा अवकाश लिनुभएपछि उहाँले विश्वका विभिन्न मुलुकबाट विभिन्न विषयका सेमिनार तथा अन्तरक्रियात्मक कार्यक्रमहरूमा वक्ताका रूपमा भाग लिन निमन्त्रणा पाउँदै आउनुभएको छ र यस अवधिमा उहाँले करिब डेढ दर्जन कार्यक्रममा सहभागिता जनाइसक्नुभएको छ । जब कि सेवानिवृत्त भएका अन्य सेनापतिहरू भने कोही विदेश र कोही स्वदेशमै गुमनाम जिन्दगी बिताइरहेका छन् । रुक्मांगद कटवालभन्दा अघिका सेनापति प्यारजंग थापाका दुई छोरी अमेरिकामा बसोबास गर्छन् र उहाँले आफ्नो सम्पूर्ण सम्पत्तिको ठूलो हिस्सा पनि अमेरिका नै पुर्‍याइसक्नुभएको बताइन्छ । थापा कहिलेकाहीँ नेपाल आउने गर्नुभए पनि उहाँको अधिकांश समय छोरीहरूका साथ अमेरिकामा नै बित्ने गरेको छ । प्यारजंग थापा सेनाप्रमुख रहेकै समयमा नेपालमा जनआन्दोलन भई राजतन्त्र विघटन हुने स्थिति बनेको हो । राजसंस्थाको विघटन हुने अवस्था आउनुमा थापाको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन् । प्यारजंगअघिका सेनापति प्रज्ज्वलशमशेर राणा आफ्ना छोरीज्वाइँसँगै अस्टे्रलियामा बस्दै आउनुभएको छ । राणाभन्दा अघिका सेनापति धर्मपालबरसिंह थापा आफ्नो घर किनेर नयाँदिल्लीमा बस्ने गर्नुभएको छ भने सौतेनी भाइहरूलाई पैतृक सम्पत्तिको अंशबाट वञ्चित गरेर चर्चामा रहेका गडुलशमशेर जबरा धोबिघाट, ललितपुरमा गुमनाम जीवन यापन गर्दै छन् । सेनापति अर्जुननरसिंह राणा पनि ललितपुरको कुसुन्तीमा निरश र गुमनाम जीवन व्यतित गर्दै छन् । एक समयका चर्चित सेनापति गुणशमशेर
जबरा पुरानो बानेश्वरमा सकसपूर्ण जीवन जिउँदै छन् । राणाकी एकमात्र छोरी र निजका पतिले सम्पत्तिजति अमेरिका पुर्‍याएर उतै बेपत्ता भएपछि राणाको दु:खद् जीवन सुरु भएको बताइन्छ । सत्चितशमशेर राणाको भने निधन भइसकेको छ । यसरी सबै सेनापति अवकाश लिएपछि गुमनाम भएका भए पनि कटवालले भने सेवानिवृत्त भएको केही दिनपछि नै भारतको हरिद्वारमा आयोजित राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोष्ठीमा अतिथि वक्ताको रूपमा भाग लिने मौका पाउनुभएको थियो । त्यसपछि उहाँले अमेरिकाको हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीसँगको अन्तरक्रियात्मक कार्यक्रममा भाग लिनुभएको थियो । नेपलिज इन अमेरिकाको आयोजनामा बोस्टनमा सम्पन्न विशेष कार्यक्रममा उहाँलाई मुख्य अतिथि वक्ता बनाइएको थियो भने अमेरिकाका अन्य विभिन्न आठ सहरमा नेपालीद्वारा आयोजित कार्यक्रममा उहाँलाई मुख्य अतिथि बनाइएको थियो । कटवालले क्यानडाका पूर्वरक्षामन्त्री र केही बहालवाला जनरलसँगको अन्तरक्रियात्मक भेटवार्ता पनि गरिसक्नुभएको छ । गत वर्षको पुस २७ गते बेलायतस्थित नेपालीद्वारा आयोजित एकता दिवसको कार्यक्रममा कटवालले प्रमुख अतिथि वक्ताको रूपमा भाग लिनुभएको थियो । त्यसपछि भारतको विवेकानन्द फाउन्डेसनद्वारा नयाँदिल्लीमा आयोजित विशेष अन्तरक्रियात्मक कार्यक्रममा पनि अतिथि वक्ताको रूपमा उहाँ आमन्त्रित हुनुहुन्थ्यो । जापानको हिरोसिमा सहरमा हिरोसिमा विश्वविद्यालयको तत्वावधानमा सम्पन्न कार्यक्रममा माधव नेपाल, दमननाथ ढुङ्गाना र जनार्दन शर्मा प्रभाकरसँगै उहाँले पनि भाग लिनुभएको थियो । विश्वशान्तिसँग सम्बन्धित विषयमा आयोजित कार्यक्रममा कटवालको मन्तव्यले जापानमा निकै ठूलो चर्चा पाएको थियो । केही महिनाअघि भारतको नयाँदिल्लीमा वेदपुराणको वैज्ञानिकता सम्बन्धमा आयोजित कार्यक्रममा पनि कटवाललाई अतिथि वक्ता बनाइएको थियो । सैन्य पृष्ठभूमिका एक मात्र व्यक्ति उक्त धार्मिक महत्त्वको अन्तर्राष्ट्रियस्तरको गोष्ठीमा सहभागी कटवाल त्यसबेला आकर्षाको केन्द्र बन्नुभएको बताइन्छ । यसैबीचमा उहाँले चिनियाँ सेनाप्रमुखको अनौपचारिक निमन्त्रणामा चीन जानु भई त्यहाँका जनरलहरूसँग सुरक्षासम्बन्धी विषयमा गम्भीर अन्तरक्रियात्मक बैठक गर्नुभएको थियो । यो साता कटवाल दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको ‘पिस विल्डिङ इन साउथ एसिया एण्ड दि युनिफिकेसन अफ दि कोरिएन पेनेन्सुला’ विषयक अन्तरक्रियात्मक सेमिनारमा भाग लिन प्रस्थान गर्नुभएको छ । २९ र ३० नोभेम्बरमा हुने उक्त कार्यक्रमा भाग लिन यसै साताको आइतबार कटवाल कोरिया प्रस्थान गर्नुभएको हो । यसरी रुक्मांगद कटवाल नेपालका अवकाशप्राप्त सेनापतिहरूको इतिहासकै र्सवाधिक विदेश भ्रमण गर्ने र महत्त्वपूर्ण बैठकहरूमा भाग लिन पाउने व्यक्ति बन्न सफल हुनुभएको छ ।

पत्ता लाग्यो अक्सिजनको उमेर
प्राणी जीवनका लागि अनिवार्य मानिएको प्राणवायु अक्सिजनको उमेर दुई सय अठचालीस करोड वर्षमात्र भएको वैज्ञानिकहरूले निष्कर्षनिकालेका छन् । अस्टे्रलियाको पिबारा चट्टानको नमूना अध्ययन गरेपछि वायुमण्डलमा अक्सिजन करिब २.४८ अर्ब वर्षपहिले अस्तित्वमा आएको निष्कर्षवैज्ञानिकहरूले निकालेका हुन् । अनुसन्धान टोलीको नेतृत्व गर्नुहुने प्राध्यापक मार्क वार्लीका अनुसार उनीहरूको खोजको आधार चट्टान नै हो । वैज्ञानिक खोज सामग्रीका निम्ति विख्यात पत्रिका ‘नेचर’मा प्रकाशित अध्ययनमा वैज्ञानिकहरूले करिब २४८ करोडदेखि २३२ करोड वर्षको बीचमा वायुमण्डलीय अक्सिजन निर्माण भएको दाबी गरेका छन् । वैज्ञानिकको भनाइ छ- सम्भवत: अक्सिजन ग्रहण गर्ने प्रकारका ब्याक्टेरियाले यस्तो प्रकारको एसिड पैदा गर्‍यो कि जसले भूमिमा चट्टान र माटो घोल्यो, जुन पछि पानीमा बग्दै महासागरमा गएर मिसियो ।
यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार वैज्ञानिकहरूले हालै पानीको ऊर्जाबाट चल्ने रेडियो बनाएका छन् । द डेली टेल्रि्राफ पत्रिकाका अनुसार सन् १९९० मा हावाबाट चल्ने रेडियोका आविष्कारक विविन ब्लकले नै पानीबाट चल्ने रेडियो बनाएका हुन् । विविनले उनको रेडियो सावरबाट झर्ने पानीको ऊर्जाबाट सञ्चालित हुनेछ । उक्त रेडियोले एक माइक्रो र्टवाइनको मद्दतबाट काम गर्ने गर्दछ ।

देउवालाई दुईमा ‘एक’ चाहिने, भ्रातृ संस्थाको विवाद देखावटी मात्र
पटक-पटक गुटको भेला गरेर काङ्गे्रस पार्टीका व्रि्रह ल्याउन सक्रिय शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूलाई विवादको देखावटी विषय भए पनि उहाँको मकसद अर्कै भएको रहस्य खुलेको छ । प्राप्त जानकारीअनुसार सभापति सुशील कोइरालाले भविष्यमा प्रधानमन्त्री बनाइदिने लिखित आश्वासन दिएमा वा पार्टीको कार्यवाहक सभापति बनाइएमा देउवा सन्तुष्ट बन्नुहुने बुझिएको छ । चुनावी सरकारको प्रधानमन्त्री सुशील कोइराला बन्नुभएमा आफूलाई कार्यवाहक सभापति बनाइनुपर्ने देउवाको माग रहेको छ । देउवाको यस्तो आकाङ्क्षाबारे अहिलेसम्म र्सार्वजनिक जानकारीमा ल्याइएको छैन । सभापति कोइरालाले चाहँदैमा देउवाको उक्त माग पूरा हुनसक्ने सम्भावना भने देखिएको छैन । पार्टीका लगानीको अवधिका दृष्टिले देउवाभन्दा वरिष्ठ मानिएका नेता रामचन्द्र पौडेल अहिले पार्टीका उपसभापति हुनुहुन्छ र कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई सुम्पनुपर्ने अवस्था आए पनि पौडेललाई नै उक्त मौका प्राप्त हुने निश्चित छ । काङ्गे्रसको विधानअनुसार पार्टीका तर्फाट प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता हुनुपर्ने हुन्छ । तर, देउवा दलको नेता पदमा पनि रामचन्द्र पौडेलसँग पराजित हुनुभएको हो । दुवै शीर्ष पदका निम्ति भएको निर्वाचनमा पराजित भएर पनि सोही जिम्मेवारी प्राप्त गर्न देउवाबाट भइरहेको हर्कतलाई काङ्गे्रसमा अत्यन्त अस्वाभाविक र निन्दनीय मानिएको छ । प्रजातान्त्रिक पद्धति र परिणामलाई उपेक्षा गरेर देउवाले आफूलाई एक्स्पोज मात्र गर्नुभएको छैन, काङ्गे्रसको व्रि्रहमा आनन्द लिने तत्त्वहरूलाई प्रसन्न तुल्याउने काम पनि गर्नुभएको छ । तर, देउवालाई यस रूपमा प्रस्तुत हुन सभापति कोइरालाका कतिपय निकटवर्तीहरूले नै ऊर्जा दिइरहेको बताइन्छ । खासगरी महामन्त्रीमा नियुक्त झापाका कृष्ण सिटौलाले देउवालाई उचाल्न विशेष भूमिका निर्वाह गरिरहनुभएको बुझिएको छ । उपसभापति रामचन्द्र पौडेललाई कमजोर तुल्याउन भित्रभित्रै सक्रिय रहनुभएका सिटौलाले देउवालाई केही न केही दिएर भए पनि सम्झौता गर्न सभापति कोइरालालाई दबाबपूर्ण सुझाव दिइरहनुभएको छ ।
स्मरणीय छ, शान्तिप्रक्रिया र संविधान निर्माण कार्य पूरा भएपछि बाबुराम भट्टराईले प्रधानमन्त्री पद त्याग गर्ने र चुनावी सरकारको प्रमुखमा सुशील कोइरालाको चयन हुनसक्ने समझदारी उच्च तहमा बनिसकेको छ । त्यसनिम्ति कोइरालालाई संविधानसभामा मनोनयन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी केही दिनपछि नै पहल गर्नुहुने बुझिएको छ । त्यसो त एमालेका लोकप्रिय नेता केपी शर्मा ओलीलाई पनि संविधानसभाको सदस्य बनाउनेबारे उच्च तहमा विचार-विमर्श भइरहेको छ । यसरी कोइराला प्रधानमन्त्री बन्नुहुने सुइँको पाउनुभएपछि शेरबहादुर देउवा उहाँसँग जोडदार बार्गेनिङमा लाग्नुभएको देखिन्छ । देउवाद्वारा सिर्जित समस्यालाई सभापति कोइरालाले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने विषयमा ठोस सङ्केतहरू देखिएका छैनन्, तर काङ्गे्रसका अधिकांश नेता तथा कार्यकर्ताले अवाञ्छित बार्गेनिङसँग कुनै प्रकारको सम्झौता नगर्न सभापति कोइरालामाथि दबाब दिइरहेका छन् ।

लगानीकर्ताहरूलाई राहत
नेपाल र भारतका एक-अर्को देशका लगानीकर्ताहरूका निम्ति यो साता निकै सुखद रह्यो । दोहोरो कर हटाउनेसम्बन्धी बहुप्रतीक्षित सम्झौतामा हस्ताक्षर भएपछि दुवै मुलुकका लगानीकर्ताहरू उत्साहित हुनुपर्ने स्थिति बनेको हो । मङ्सिर १० गते शनिबार सम्झौता (डीटीएए) मा हस्ताक्षर गर्नका निम्ति भारतीय वित्तमन्त्री प्रणव मुखर्जी एक दिनका निम्ति नेपाल आउनुभएको थियो । सम्झौतालाई बाबुराम भट्टराई सरकारको उपलब्धिका रूपमा लिइएको छ । सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र भारत एक-अर्को देशका लगानीकर्ताहरूले एका पट्टि आयकर तिरेपछि अर्को मुलुकमा सो बराबरको आयकर तिर्नुपर्ने छैन । सम्झौताको कार्यान्वयन भारतमा आगामी अप्रिल १ तारेखदेखि हुनेछ भने नेपालमा आगामी आर्थिक वर्षको आरम्भ ?साउन १ गते) देखि सम्झौता कार्यान्वयन आउनेछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणकै समयमा उक्त सम्झौता हुन लागेको थियो, तर आवश्यक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले त्यसबेला हस्ताक्षर हुन सकेको थिएन । नयाँ सम्झौतासँग नेपाल र भारतबीच सन् १९८७ मा भएको सम्झौता विस्थापित भएको छ । नेपालले यसअघि नौ मुलुकहरूसँग यस्तै सम्झौता गरिसकेको छ । ?थप समाचार पृष्ठ चारमा)

अडिटरहरूको चाँदीकटाइ
विराटनगर/ विराटनगर क्षेत्रमा यतिखेर दलाल लेखापरीक्षकहरूको बिगबिगी बढेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका मुख्य कर अधिकृत र केही अधिकृतको मिलेमतोमा लेखापीक्षण पेसामा दलाली बढ्न थालेपछि देशको राजस्व चुहावट धन्दाले संस्थागत रूप लिएको छ ।
प्रमुख कर अधिकृतमा दीर्घराज मैनालीको प्रवेशपछि विराटनगर र आसपासका ठूला करदाता र्फम तथा उद्योगहरूमा महालेखापरीक्षक कार्यालयबाट स्वीकृति नपाएका लेखापरीक्षकहरूले लेखापरीक्षण गर्ने गरेका छन् । करिब ५० जना दलाल अडिटर तयार गरी उनीहरूलाई ठूला करदाताहरूको अडिट गर्न लगाउने र कर कार्यालयमा प्रतिवेदन पेस गर्नुअगाडि रजिर्स्र्टड लेखापरीक्षकहरूकै दस्तखत गर्ने बन्दोबस्त मिलाउने गरिएको छ । रजिर्स्र्टड लेखापरीक्षकहरूलाई एउटा रिपोर्टको पाँच हजारदेखि १० हजार रुपैयाँ दिई दलाल अडिटरहरूले दस्तखत गराउने र त्यही रिपोर्ट आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरिएको छ । ठूला करदाताले तिर्ने करको ठूलो हिस्सा बचाउने गरी हिसाब तयार गरिदिएबापत तथा आ.रा.का. बाट कर फस्र्योट प्रमाणपत्र उपलब्ध गराइदिएबापत दलालहरूले उद्योगपतिबाट प्रसस्त पारिश्रमिक पाउने गरेका छन् भने राजस्व कार्यालयका प्रमुख कर अधिकृत दीर्घराज मैनाली, कर अधिकृतहरू ऋषिराम पोखरेल, केशव ओली तथा लेखा अधिकृतसमेतले मोटो रकम, महँगा मोबाइल र अन्य नजराना कुम्ल्याउने गरेका छन् । रजिर्स्र्टड लेखापरीक्षकहरू राजस्व ठगी भए पनि आफूले बसी-बसी प्रसस्त पारिश्रमिक कुम्ल्याउन पाएकोमा तथा चाँदीकटाइ गर्न पाएकोमा मख्ख छन् ।
करदाताहरूले आफ्नो र्फम वा उद्योगको लेखापरीक्षण प्रतिवेदनमा कसको दस्तखत छ र उसको अनुहार कस्तो छ भन्नेसम्म थाहा पाउँदैनन् । लेखापरीक्षणदेखि कर फस्र्योटसम्मका सबै काम गर्ने करिब ५० जना दलालमध्ये झन्डै २० जना आ.रा.का. हाकिमका भित्रिया छन् र सबै काम उनीहरूबाटै हुने गरेको छ । कसको र्फमलाई कर फस्र्योट प्रमाणपत्र दिने र कसलाई नदिने भन्ने छलफल कार्यालयमा कहिल्यै हुँदैन- छलफल हुन्छ भने साना करदातालाई कसरी दु:ख दिने, कुन करदातालाई भविष्यमा कसरी च्याप्ने र नजराना असुल्ने भन्ने विषयमा मात्र हुन्छ- हाकिमले खाएको टुलुटुलु हेर्न बाध्य आ.रा.का. स्रोतले स्पष्ट सङ्केत गर्‍यो । त्यसका अतिरिक्त विराटनगरमा नक्कली र्फम खडा गरी नक्कली अडिट रिपोर्ट तयार गर्ने र बैंक ठगी गर्ने उद्देश्यले कर फस्र्योट प्रमाणपत्र लिने धन्दा पनि यतिखेर मौलाएको छ- आ.रा.का. यसमा पनि बेखबर छ ।
यसैबीच नेपाल अडिटर एसोसिएसन (अडान) ले हालै म.ले.प.बाट इजाजत नपाएका दलालहरूबाट अडिट नगर्न/नगराउन र त्यस्ता प्रतिवेदनमाथि दस्तखत नगर्न/नगराउन अनुरोध गर्दै त्यस्तो नक्कली अडिट रिपोर्टमाथि दस्तखत गर्नेहरूलाई नियमानुसार कडा कारबाही गर्ने र्सार्वजनिक सूचनासमेत प्रकाशित गरेको छ । अडानको यो चेतावनीको बाबजुद पनि त्यसप्रकारको गैरकानुनी गतिविधि रोकिएको छैन र आ.रा.का.ले रोक्ने प्रयाससम्म गरेको छैन- अडान सम्बद्ध एक स्रोतले दाबी गर्‍यो । देशको राजस्व असुलीको प्रमुख निकायहरूमा दलालहरूको प्रवेश हुनु राष्ट्रका लागि श्रेयष्कर नहुने भएकोले दलाली प्रवृत्ति बन्द गर्नुपर्ने तथा निजी स्वार्थका लागि राजस्व छलीमा सहयोग गर्नेहरूमाथि सम्बन्धित उच्च निकायबाट छनबिन हुनुपर्ने माग इमानदार करदाता तथा लेखापरीक्षकहरूको छ । ?-दीपक दाहाल

अपराधी छुटाउन खोज्नेले छुट नपाउने
‘सत्य, सेवा, सुरक्षण्’लाई आफ्नो कर्तव्य-मन्त्र ठान्ने र सोअनुरूप व्यवहारमा उत्रन कोसिस गरिरहेको बताउने प्रहरी निरीक्षक केपी शर्माले इलाका प्रहरी कार्यालय सिमरा खटिएलगत्तै तस्कर, गुण्डा र हप्ताअसुली गर्नेहरूमाथि पहिलो नजर लगाएका छन् ।
हालसम्मका प्रहरी अधिकारीभन्दा पृथक शैलीमा उनले राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, नागरिक समाजका प्रतिनिधिहरूलाई भेला गरेर आफ्नो ५२ बुँदे कार्यपत्र प्रस्तुत गरी अनुमोदनसमेत गराएका छन् । अनुमोदित कार्यपत्रमाथि कसैलाई शङ्का भए आफूलाई फिर्ता गर्न भन्दै प्रहरी निरीक्षक शर्माले कार्यपत्रमा भएका बुँदा अक्षरश: पालना गर्ने बताए ।
अपराध सानो र ठूलो भन्ने नहुने भन्दै अपराधीलाई सडकबाट घिसार्दा त्यस्ता अपराधी छुटाउन सिफारिस गर्नेलाई नै आफू जेल हाल्न तयार रहेको अभिव्यक्ति उनले दिँदा उपस्थित सबैले कर्तल ताली दिएका थिए ।
वीरगञ्ज रहँदै इमानदार प्रहरीका रूपमा ख्याति कमाएका शर्माले त्यसअघि र्सलाहीको बसाइमा पनि आफ्नो साख नगिराएकाले सिमरावासीले शान्तिसुरक्षाका सवालमा उनबाट धेरै नै अपेक्षा गरेको छ । तर, विशेषत: औद्योगिक करिडोरमा हुने गुण्डागर्दी, राजस्व चुहावट तथा सडक दर्ुघटनाले भावी दिनमा शर्माको ‘तालु सुकाउने’ र विमानस्थलमा आउने भीआईपीको सुरक्षा पनि उनका लागि टाउकोदुखाइको विषय बन्न सक्ने विश्लेषण स्थानीयवासीले गरेका छन् । ?वसन्त खतिवडा

प्रधानमन्त्रीले ‘भ्रष्ट’ भनेपछि संयन्त्र आक्रोशित
‘स्थानीय निकायमा रहेको दलीय संयन्त्र भ्रष्ट’ भन्दै केही दिनअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको टिप्पणीप्रति काठमाडौं महानगरपालिकाको दलीय संयन्त्रले आपत्ति प्रकट गरेको छ । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थामा जनताका समस्या बुझ्न सहमतिमा सरकारले नै गठन गरेको दलीय संयन्त्रलाई सरकारका कार्यकारी प्रमुख प्रधानमन्त्रीले त्यस्तो टिप्पणी गर्नुले सरकारको व्यवहारप्रति जनतामा आशङ्का उत्पन्न हुने भएकोले त्यस्तो टिप्पणी नगर्न संयन्त्रले चेतावनी दिएका हो ।
काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख गणेश राईलाई समान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरे पनि कार्यकारी प्रमुखकै हैसियतमा राईलाई इक्वेडर भ्रमण गराएको र त्यसमा आफ्नै पार्टीकाले पनि सहयोग गरेको भन्दै प्रधानमन्त्रीले आक्रोश पोखेका थिए । यसैको प्रतिक्रियास्वरूप दलीय संयन्त्रले आरोपको खण्डन गर्दै आपत्ति प्रकट गरेको बताइएको छ । आफूहरू प्रधानमन्त्रीको सुशासन अभियानलाई सफल बनाउन लागिरहेको बेला यस्तो गम्भीर आरोप लगाइएको भन्दै र्सवदलीय संयन्त्रले एक विज्ञप्ति प्रकाशित गरी आफूहरूमाथि भ्रामक र कपोलकल्पित आरोप नलगाउन चेतावनी दिएका छन् । महानगरपालिकाका र्सवदलीय समितिका प्रतिनिधिहरू माओवादीका सर्वोत्तमदास डङ्गोल, जयन्ती लुइँटेल र उमेश स्थापित, काङ्ग्रेसका देवरत्न डङ्गोल र भगवान शाक्य, एमालेका विद्यासुन्दर शाक्य, रामवीर मानन्धर र विद्या मानन्धर, मालेका श्याम मैनाली र वीरबहादुर लामा, नेपाल सद्भावना पार्टीका निरन्जन पौडेल र नवराज आचार्यले संयुक्त विज्ञप्ति निकालेर आपत्ति प्रकट गरेका हुन् ।
नवनियुक्त कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले जनप्रतिनिधिहरूलाई छलेर काम गर्न लागेको भन्दै निरन्जन पौडेलले त्यस्तो गरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
-मनोज पोखरेल

संयुक्त आदिवासी फोर्सको बेग्लै चेतावनी
राजनीतिक दलहरूले जातीय आधारमा देश टुत्र\mयाउने प्रपञ्च रचेको आरोप लगाउँदै संयुक्त आदिवासी राष्ट्रिय फोर्स नामक सङ्गठनले सडक-संघर्ष गर्ने चेतावनी दिएको छ । फोर्सले बुद्धिजीवी, राष्ट्रवादी, जनवादी तथा नागरिक समाजलाई एकसूत्रमा बाँधेर नेपाल राष्ट्रलाई स्वाधीन र नेपाली जनतालाई र्सार्वभौमसत्तासम्पन्न बनाउनका लागि संघर्षमा उत्रने चेतावनी दियो । वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका सबै आदिवासी हुन् भनी तत्काल सम्बोधन गर्नुपर्ने, अन्तरिम संविधान २०६३ तत्काल खारेज गरी देश र जनताको पक्षमा अन्तरिम संविधान २०६८ जारी गर्नुपर्ने जस्ता ७ सूत्रीय मागसहित फोर्सले आन्दोलनको चेतावनी दिएको छ ।

चौतारामा बृहत् साहित्य समारोह
चौतारा । जुगल हिमाल मुसुक्क मुस्कुराइरहेको थियो । इन्द्रावतीको गतिशील प्रवाह तरङ्गित भइरहेको देखिन्थ्यो । हरियालीपूर्ण वातावरण, प्रकृति पर्यावरणको मनोरम दृश्यले मन यसै त्यसै प्रफुल्लित बनाइरहेको थियो । कवि र चराहरूले रुचाउने, मन पराउने र आनन्दित हुने परिवेशमा पुर्‍यायो सिन्धुपाल्चोक महोत्सव २०६८ ले ।
स्थानीय र देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरूलाई एउटै थलोमा उन्मिलन गराउने वातावरण सिन्धुपाल्चोक महोत्सव-२०६८ को साहित्य उपसिमितिले आयोजना गरेको ‘बृहत् साहित्य सम्मेलन’ले जुटाएको थियो । सम्मेलनमा सहभागी भएका ७० जना कवि कवयित्रीहरूले कविता, गीत, गजल वाचन गरेर देशको प्राकृतिक वर्ण्र्ाार समाजले भोग्नुपरेका मर्म, पीडा र संवेदनात्मक अभिव्यक्ति मुखर गरेका थिए ।
वरिष्ठ समालोचक डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्य र स्रष्टा नरेन्द्रराज पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त बृहत् साहित्य सम्मेलनको आरम्भ कवि जगन्नाथ आचार्यको काव्यात्मक स्वागत रचनाबाट भएको थियो ।
समारोहमा कार्यक्रमका संयोजक नरेन्द्रराज पौडेल विशेष अतिथि एवम् प्रगतिशील लेखक सङ्घका अध्यक्ष घनश्याम ढकाल, कोषराज न्यौपाने, भुवनहरि सिग्देल, रामेश्वर राउत मातृदास, उज्ज्वल जिरी, ज्ञानेन्द्र गदाल, विमल भौकाजी, लक्ष्मण गामनाङ्गे, श्रीहरि फुयाँल, धीरजकुमार श्रेष्ठ, घिमिरे मैदली, राधेश्याम लेकाली, ब्रह्मप्रिय प्रेमस्वरूप, बलराम दाहाल, कृष्णदेव रिमाल, बुलु मुकारुङ, पीताम्बर भण्डारी, बुनु लामिछाने, शिवप्रसाद पौडेल, ठाकुर शर्मा, रमेश पौडेल आयुषा कार्की, मधु न्यौपाने, राजेश दुलाल, यादव भट्टराई, जीवन श्रेष्ठ, डानियल श्रेष्ठ, धिताल चिरिच्याट्ट, टीका सुवेदी, यदुनाथ वसन्तपुरे, पारसनाथ आचार्य, मेदिनीकुमार केवल, हिमाल तामाङ, निरूपा ढुङ्गाना, नवराज गजुरेल, अमृत दुलाल, श्रीबाबुराम कार्की, सुजन दुलाल, हरि पाण्डे ‘पथिक’ शशि थापा पण्डित, रामेश चालिसे, सरस्वती चिमोरियार्,र् इश्वरी अधिकारीलगायतका कविले आ-आफ्ना रचना वाचन गरेका थिए ।
स्रष्टाहरूलाई देशका विभिन्न क्षेत्रमा भ्रमण गराई स्थानीय स्रष्टा एवम् प्रकृति पर्यावरण र भूगोलको अध्ययन गराउने उद्देश्यले साहित्यिक समारोहको आयोजना गरिएको आयोजक सदस्य कवि रामेश्वर राउत मातृदासले बताउनुभयो । समारोहमा वाचित कवितामाथि कार्यक्रमका विशेष अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

सशस्त्र प्रहरीको हातेपुस्तिका
‘सशस्त्र प्रहरी बल परिचालन हातेपुस्तिका’ र ‘सशस्त्र प्रहरी बल विपत्, असर र यसको व्यवस्थापन’ नामक दुईवटा हातेपुस्तिका प्रकाशन गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कोषराज वन्त र सशस्त्र प्रहरी नायव महानिरीक्षक महावीर गुरुङलगायतको लेखन तथा सम्पादनमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयद्वारा प्रकाशित हातेपुस्तिकाको विमोचन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले पाँचै क्षेत्रमा विपत् व्यवस्थापन टोली तयार गरी उद्धार सेवा पुर्‍याउन क्रियाशील सङ्गठनको विपत् व्यवस्थापनको कार्यलाई थप प्रभावकारी बनाउन पुस्तिका कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

नदी सम्मानित
स्थानीय बासिन्दाको सहयोग तथा आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको सामाखुसी सामुदायिक क्लिनिक भवनको पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले गत शनिबार उद्घाटन गर्नुभयो । सोही अवसरमा उहाँले साढे दुई दशकदेखि साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत सामाखुसीका साहित्यकार अरुणबहादुर खत्री ‘नदी’लाई उक्त कार्यक्रममा सम्मान पनि गर्नुभयो । उक्त कार्यक्रममा सामाखुसी सामुदायिक क्लिनिक भवनका लागि चन्दा दिने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । सामाखुसीस्थित बालउद्यान गृहमा आयोजित कार्यक्रममा डा. त्रिरत्न मानन्धर, सभासद् हितमान शाक्य, एमालेका नेता योगेश भट्टराईलगायतका व्यक्तित्वले मन्तव्य दिएका थिए ।
यसैबीच सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध द्वैमासिक साहित्यिक कार्यक्रमको अन्ठाउन्नौँ शृङ्खला सामाखुसीस्थित नवोदित कलेजमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा शान्ति र संविधान विषयमा रामप्रसाद पन्त, विजय सागर, बाजुराम पौडेल, अरुणबाबु खत्री, कौशला लामिछाने, गोविन्दप्रसाद घिमिरे वेदमणि, भीमराज ढकाल, भाग्यशाली अधिकारी, कृष्णदेव रिमाल, शशि थापा पण्डित, गीता पुडासैनी, हेमन्तप्रसाद दाहाल, वसन्त रिजाल, मनोज न्यौपाने, जीवनपानी, मणिराज सिंह, कमला रिसाल ज्योति, हर्रि्रसाद पाण्डेयलगायत ४१ जना कवि-कवयित्रीले आ-आफ्ना रचना पाठ गरेका थिए ।

‘नेपाल समृद्ध भए भारतलाई पनि लाभ’
सन् १९८७ मा भएको सम्झौतालाई प्रतिस्थापन गर्दै नेपाल र भारतबीच दोहोरो कर हटाउने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताका लागि गत आइतबार काठमाडौं आउनुभएका भारतीय वित्तमन्त्री प्रणव मुखर्जी र अर्थमन्त्री वर्षमान पुनबीच प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इृको उपस्थितिमा दोहोरो कर हटाउने सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री डा. भट्टराईको भारत भ्रमणका क्रममा भएको बिप्पा सम्झौता र दोहोरो कर हटाउने सम्झौताबाट दुई देशबीचको व्यापार र लगानी प्रवर्द्धनमा सघाउ पुग्ने प्रणव मुखर्जीले बताउनुभयो । यस्तै, यस सम्झौताले नेपालमा विदेशी लगानीका लागि योग्य वातावरण बनेको अर्थमन्त्री पुनको कथन थियो । यो सम्झौता दुई देशका सम्बन्धित निकायबाट कूटनीतिक पत्र आदानप्रदान भएपछि लागू हुने बताइएको छ । नेपालले हालसम्म छिमेकी मित्रराष्ट्र भारतलगायत १० वटा मुलुकसँग यस्तो सम्झौता गरेको छ भने भारतले ८१ वटा मुलुकसँग दोहोरो कर नलाग्ने सम्झौता गरिसकेको बताइन्छ ।
सिंहदरबारमा आयोजित सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न हुनुअघि भारतीय वित्तमन्त्री एवम् काङ्ग्रेस आईका प्रभावशाली नेता मुखर्जीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गर्नुभएको थियो । माओवादी अध्यक्ष प्रचण्ड, नेका सभापति सुशील कोइराला, एमाले नेता केपी ओलीलगायत विभिन्न राजनीतिक दलका नेताहरूले होटल द्वारिकामा पुगेर मुखर्जीसँग भेटवार्ता गर्नुभएको थियो । सो क्रममा उहाँले नेपालमा शान्तिप्रक्रियाले पूर्णता पाएको, राजनीतिक स्थायित्व र समृद्धि हासिल भएको भारतले देख्न चाहेको उल्लेख गर्दै सहमतिका साथ एकताबद्ध भई नेपालका दलहरू शान्ति र संविधान निर्माण कार्यमा लागिपर्नुपर्ने सुझाव दिनुभएको थियो । भारतमा विकासको गतिले तीव्रता लिएको र त्यसअनुरूप नेपालले विकासको गति पछ्याउन नसके नजिकको छिमेकीको नाताले त्यसको नकारात्मक असर भारतमा पनि पर्न सक्ने भएकोले नेपाल छिटोभन्दा छिटो समृद्ध भएको हेर्न भारत इच्छुक रहेको आफूहरूले बुझेको मुखर्जीसँगको भेटपछि नेताहरूले प्रतिक्रिया दिए ।
यसैगरी, नेपालका लागि भारतका राजदूत जयन्तप्रसादले नेपालको व्यापारघाटा कम गर्न नयाँ आविष्कारतिर लाग्नुभन्दा पनि जलविद्युत्को विकास गरेर निर्यात गर्नुपर्ने सुझाव दिनुभएको छ । नेपालको आर्थिक विकासका लागि भारत हरदम तत्पर रहेको जनाउँदै राजदूत जयन्तले नेपालीको सुविधाका लागि नेपालको सीमासँग जोडिएका पाँच स्थानमा भारतीय रेल सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो । बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको सहयोगमा नेपाल आर्थिक पत्रकार समाजद्वारा गत साता राजधानीमा आयोजित ‘नेपाल-भारत आर्थिक सम्बन्ध’ विषयक कार्यक्रममा सम्बोधन गर्दै राजदूत जयन्तले नेपालका प्रतिभाशाली युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सके नेपालले आफ्नो व्यापारघाटालाई निकै कम गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले उच्च आर्थिक वृद्धिदर हासिल गर्न तथा गरिबी न्यूनीकरणको अभियानमा भारतको सहयोग अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, ‘बिप्पा र दोहोरो कर खारेजीसम्बन्धी सम्झौता नेपालको आर्थिक गतिविधिमा कोसेढुङ्गा सावित हुनेछ ।’
उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. रामशरण महत, राष्ट्र बैंकका गभर्नर युवराज खतिवडालगायतले पनि मन्तव्य दिएका थिए ।

‘क्षत्री’द्वारा सुनामीको चेतावनी
संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन समितिले राज्यले आफ्ना माग पूरा नगरे आन्दोलनको सुनामी ल्याउने चेतावनी दिएको छ । संयुक्त क्षेत्री राष्ट्रिय आन्दोलन परिचालन समितिले राज्यले जातीय विभेदकारी नीति ल्याएर क्षत्रीलाई अन्य जातिमा सूचीकृत गर्नु क्षत्रीको पहिचान समाप्त पार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै क्षत्रीलाई आदिवासीको सूचीमा सूचीकृत नगरिए आन्दोलनको सुनामी ल्याएर भए पनि आप\mना हक सुनिश्चित गर्ने चेतावनी दिएका हुन् । रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले विकेन्द्रीकरणको सामान्य ज्ञान पनि नभएका नेपाली जनतालाई अग्राधिकारयुक्त जातीय सङ्घीयता बनाएर नियोजित रूपमा मुलुकलाई खण्डीकृत गरी क्षत्री समुदायलाई गुमनाम बनाउन खोजेको आरोप लगाए ।
समितिले राज्यले क्षत्रीलाई आदिवासीको १ नम्बर मा सूचीकृत गरी छुट्टै पहिचान कायम गरिनुपर्ने, कुनै पनि जातलाई अन्यमा राख्न नपाइने, आदिवासी जनजाति ऐन तत्काल खारेज गरी नयाँ समावेशी ऐन बनाउनुपर्नेजस्ता ६ सूत्रीय मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएको जानकारी गराएको थियो ।
समितिका सदस्यसचिव अर्जुनबहादुर अधिकारीले हिजो पनि देशको रक्षक क्षत्री नै रहेको र आज पनि राष्ट्ररक्षाका लागि छातीमा गोली खान तयार रहन सम्पूर्ण क्षत्रीहरूलाई आह्वान गरे । पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक भूपति खड्काले सरकार र खस क्षत्रीबीच भएको वार्ता अनाधिकृत भएको र खस क्षत्री समाज कुनै आधिकारिक नभएको भन्दै सरकार र खस क्षेत्रीको संयुक्त आयोगको औचित्य नभएको दाबी गरे ।-अरुण श्रेष्ठ

माओवादीद्वारा जनमोर्चाका नेता कुटिए
राष्ट्रिय जनमोर्चाका सिन्धुपाल्चोक अध्यक्ष कृष्ण सुवेदीमाथि आफूलाई माओवादी बताउने समूहबाट साङ्घातिक आक्रमण भएको भन्दै सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले दोषीहरूलाई अविलम्ब गिरफ्तार गरी आवश्यक कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
गत १० गते शनिबारका दिन आफ्ना छोरी र ज्वाइँसँग घरायसी कामले फुल्पिङडाँडाको विञ्ज्यालस्थित स्थानीय वनमा गएका बेला माओवादीका राजेन्द्र तामाङसहित सातजनाको समूहले सुवेदीलाई नियन्त्रणमा लिई मरणासन्न हुनेगरी कुटपिट गरी फरार भएको केसीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । आफूलाई माओवादी बताउने उच्छृङ्खल तथा अराजक तत्त्वबाट सिन्धुपाल्चोकमा आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि सिलसिलेवार रूपमा आक्रमण भइरहेको उल्लेख गर्दै अध्यक्ष केसीले माओवादीका केन्द्रीय नेताहरूले अपराधीलाई संरक्षण दिने र उनीहरूमाथि स्थानीय प्रहरी-प्रशासनले कारबाही गर्न खोज्दा दबाब दिएर दोषी छुटाउने गरेको आरोपसमेत लगाएका छन् ।

भाषा-शिक्षिकाद्वारा अपहरणको आरोप
काठमाडौं काँडाघारी बस्ने २६ वर्षीया सिर्जना बस्नेतले आफूलाई अपहरण गरेको आरोप लगाएर बानेश्वरनिवासी मनोज बस्नेतका परिवारसँग १२ लाख रुपैयाँ दाबी गरेकी छिन् । आफूलाई अपहरण गरी ललितपुरमा छोडिएको भन्दै उनले ललितपुर प्रहरीमा उजुरी गरेकी थिइन् ।
सो आरोपमा मनोजलाई ललितपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्थामा ती युवतीले भने मनोजका परिवारलाई १२ लाख रुपैयाँ दिने भए मुद्दा फिर्ता लिन्छु होइन भने फसाइदिन्छु भन्दै बारम्बार फोन गर्ने गरेको मनोज परिवारले जनायो । कोरियन भाषा पढाउने भन्दै आएकी सिर्जनासँग नेपाल इन्टरनेसनल इम्रि्रेसन माइग्रेसन एण्ड भीसा कन्सल्टेन्ट बागबजारमा कार्यरत मनोजको चिनजानपछि मित्रता भएको थियो ।

बुद्धसँग वृद्ध पक्राउ
ललितपुर पाटननिवासी विजय शाक्य बहुमूल्यको बुद्धमुर्तिसहित पक्राउ परेका छन् । गत आइतबार बिहान ५ बजे भक्तपुरबाट काठमाडौर्ंतर्फ पैदल आइरहेका ७० वर्षीय शाक्यमाथि शङ्का लागेपछि गठ्ठाघरमा प्रहरीले तलासी लिएको थियो । सो क्रममा उनले बोकेको झोलाबाट अन्दाजी एक फिट उचाइ तथा चार केजी वजन भएको सुनको जलपयुक्त बुद्धको मुर्ति फेलापरेको थियो ।

हाम्रो लुम्बिनी हेरेपछि देउवा फुरुङ्ग
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ वटै जिल्लाको धार्मिक तथा पर्यटकीय स्थललाई मध्यनजर राखी निर्माण गरिएको हाम्रो लुम्बिनी गन्तव्य लुम्बिनी नामक वृत्तचित्तको पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्गे्रसका वरिष्ठ नेता शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । बुद्धनगर पार्टी कायालेसमा विशेष समारोहका बीच उद्घाटन गरी प्रदर्शन गरिएको वृत्तचित्र हेरिसकेपछि नेता देउवाले आफूले वृत्तचित्र हेरेर ६ वटै जिल्लामा पुगेको अनुभूति भएको बताउनुभएको थियो । वृत्तचित्र प्रदर्शन कार्यक्रमपछि नेता देउवाले वृत्तचित्रले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षा गर्ने कुरामा आफू ढुक्क भएको बताउनुभयो । उहाँले सबैले आ-आफ्नो ठाउँबाट प्रयास गर्ने हो भने देश विकास गर्न सजिलो हुने र राज्यको मुख ताक्ने प्रवृत्तिको यो वृत्तचित्रले उदाहरण पेस गरेको बताउँदै वृत्तचित्र देश-विदेशमा प्रदर्शन गर्नका लागि आग्रह गर्दै आफू पूर्ण सहयोग र र्समर्थन गर्ने वचनबद्धता जाहेर गर्नुभएको थियो । मीनप्रसाद श्रेष्ठको निर्देशन, पत्रकार महेन्द्र पाण्डेयको संयोजकत्वमा प्रचारप्रमुख कृष्णप्रसाद सापकोटा र विष्णुबहादुर केसीको व्यवस्थापनमा निर्मित वृत्तचित्र १ घन्टा प्रदर्शन गरिएको थियो भने छायाङ्कन सन्तोष ढकालले गरेका हुन् । वृत्तचित्र अवलोकनपश्चात् सभासद् महालक्ष्मी उपाध्याय (डिना) ले लुम्बिनी अञ्चल धार्मिक दृष्टिले ऐतिहासिक भएको वृत्तचित्रपछि आफूले बुझेको बताउनुभयो । अर्का सभासद् अम्बिका बस्नेतले भगवान् गौतम बुद्ध जन्मिएको अञ्चलको वृत्तचित्र हेरेपछि आफूलाई अरू जिल्ला पनि जाने इच्छा जागृत भएको बताउनुभएको थियो । नेपाली काङ्गे्रसका युवानेता त्रैलोक्यप्रताप सेनले गुल्मीका चार सक्रिय युवाले अञ्चललाई देश-विदेशमा चिनाउने उद्देश्य लिएर निर्माण गरेको वृत्तचित्र अवलोकनका लागि आएका र्सवसाधारणले आफूहरू त्यही अञ्चलमा जन्मिएर पनि त्यहाँको धार्मिक र पर्यटकीय स्थलको इतिहास थाहा नपाएको बताउँदै वृत्तचित्र हेरेपछि जानकारी भएको प्रतिक्रिया दिएका थिए । झन्डै एक वर्षको मिहिनेतमा निर्मित वृत्तचित्र नेपाली र अङ्गे्रजी दुबै भाषामा बनाइएको छ ।

पत्रकार खत्रीको निधनमा शोक व्यक्त
कारोबार दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको गत सोमबार दिउँसो नेपालगञ्जबाट काठमाडौं आउने क्रममा रूपन्देहीमा दर्ुघटना परी असामयिक निधन भएकोमा रिपोर्र्टर्स क्लब नेपालले शोक व्यक्त गरेको छ ।
क्लबका संस्थापक कोषाध्यक्षसमेत रहेका खत्रीको निधनले नेपाली पत्रकारिता जगत्ले एउटा सशक्त पत्रकार गुमाएको भन्दै अध्यक्ष ऋषि धमलाद्वारा जारी शोकवक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दर्ुघटनामा घाइते भएका पत्रकारहरू डीआर आचार्य, युवराज कार्की, राधिका ढकाल, प्रकटकुमार शिशिर र लीला घिमिरकोे शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
पत्रकार खत्रीको असामयिक निधनमा कारोबार दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष लोकबहादुर चापागाईं, प्रेस युनियनका महासचिव शिव लम्साल, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष यादव हुमागाईंलगायत विभिन्न सञ्चारकर्मी एवम् सञ्चारसम्बद्ध सङ्घ-संस्थाहरूले शोक व्यक्त गरेका छन् ।

सिटिजन्सको सेवा
सिटिजन्स बैंक इन्टरनेशनल लि.ले सामाजिक सेवा कार्यक्रमअर्न्तर्गत शिक्षा सेवामा टेवा पुर्‍याउने उद्देश्यले बाग्लुङस्थित भुजी माध्यामिक विद्यालयलाई २ थान कम्प्युटर सहयोग उपलब्ध गराएको छ । सो विद्यालयका प्रधानाध्यापक चुडामणि पौडेललाई सिटिजन्स बैंकका गणेशराज पोखरेलले एक कार्यक्रमबीच कम्प्युटर हस्तान्तरण गरेका हुन् । यसैगरी बैंकले महेन्द्रनगरका नेत्रहीन विद्यार्थीका लागि १० हजार सहयोग प्रदान गरेको छ ।
डिसिबीएल बैंक बन्यो ग्राण्ड बैंक
डिसिबीएल बैंकको नाम परिवर्तन भएको छ । ग्राण्ड बैंक नेपाल लि. नामाकरण गर्न सो बैंकले गरेको आवेदनमा नेपाल राष्ट्रबैंकले हालै स्वीकृति दिएको छ । खुद ब्याज आम्दानी ३६ करोड ७० लाख र चार करोड १८ लाख २१ हजार ब्याज भुक्तानी पुँजी रहेको बताइएको यस बैंकको शाखा कार्यालय २० वटा रहेका छन् ।
बैंकले निकट भविष्यमा ग्राण्ड रेमिट सेवा आरम्भ गर्ने जनाएको छ भने चुक्ता पुँजीको ४.१२ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैंयाँको बोनस शेयरधनीलाई वितरण गर्ने जानकारी पनि दिएको छ ।

गोरखा-आरुघाट सडक अलपत्र
गोरखा सदरमुकामबाट आरुघाटसम्मको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगे पनि ठेकेदारको लापरबाहीले काम ढिलासुस्ती भएको छ । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम ?डि्रल्प) परियोजनामार्फ तीन वर्षअघि सुरु भएको सडक स्तरोन्नतिको काम गर्ने अवधि सकिन लागेकोले पछिल्लो समयमा आएर कछुवाको गतिमा सीमित भएको छ ।
तीन वर्षअघि सुरु भएको परियोजनाले सडक चौडा बनाउने क्रममा क्षति भएका भौतिक संरचनाको मुआब्जा दिन, सडकको स्तरोन्नति गर्नेजस्ता कामहरू गर्दै आएको हो । परियोजनामार्फ स्तरोन्नतिको केही काम भएपछि यसै वर्षपनि वषर्ाको समयमा गोरखा सदरमुकामदेखि आरुघाटसम्मको सडक सञ्चालन भएको थियो । तर, गोरखा-आरुघाट सडकको काम सम्पन्न नभएसम्म ठेकेदारलाई अन्तिम भुक्तानी दिन नहुने सडक अनुगमन गर्न हिँडेका टोलीले बताएका छन् । परियोजनाको अवधि सकिन लाग्दा सडकको अध्ययन गर्न हिँडेका सरोकारवालाको टोलीले विगतमा भएको सम्झौताबमोजिम ढुङ्गा बिछ्याउने, नाला काट्ने, सडकको पहिरो हटाउने तथा पानी जमेका खाल्टाखुल्टी मर्मत गरेको नपाएपछि यी सबै अवस्थालाई सुधार नगरी निर्माण कम्पनीलाई अन्तिम भुक्तानी नदिने चेतावनी अनुगमन टोलीले दिएका छन् ।
जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र जोड्ने गोरखा-आरुघाट सडकको स्तरोन्नतिपश्चात् उत्तरी क्षेत्रका दर्जनौँ गाविसका हजाराँै बासिन्दालाई लाभ पुग्नेछ । यसले जिल्लाको आर्थिक गतिविधिका साथै आर्थिक विकासमा निकै नै सहयोग पुर्‍याउनेछ ।
तर, तीन वर्षअघि परियोजना सुरु हुँदा स्थानीयवासीमा जुन उत्साह थियो तर त्यो आजभोलि कम हुँदै गएको छ । परियोजनाको सुरुदेखि नै सरोकारवालाहरूले गम्भीर रूपले चासो नदेखाई कानमा तेल हालेर बसेकोले आज जिल्लावासीले दु:ख खेप्नुपरेको स्थानीयवासीको कथन छ ।
-छविलाल बगाले

एभरेष्ट बैंकको नाफामा रफ्तार
गत आर्थिक वर्षको पहिलो त्रैमासिकको नाफालाई उछिन्दै एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै चालीस करोड छब्बीस लाख सञ्चालन नाफा गरेको दाबी गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको तुलनामा अठार दशमलब तीस प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा चौंतीस करोड तीन लाख सञ्चालन नफा गरेको थियो । थोरै कर्जा निक्षेप अनुपात कायम रहँदा पनि यति धेरै सञ्चालन नाफा सम्भव भएको बैंकले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको असोजमा ७२ दशमलब ७१ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात यस अवधिमा ७० दशमलब ६२ प्रतिशतमा झरेको बैंकको कथन छ । खराब कर्जा अनुपात यसअघिको ० दशमलब ४० प्रतिशतबाट घटेर ० दशमलब ३७ प्रतिशतमा कायम भएको छ । यस अवधिमा ग्राहक सङ्ख्या पनि २६ दशमलब ६७ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

अपराधी खोज्दा फेला पर्‍यो पेस्तोल
भारत गोरखपुर घर भई याक एण्ड यती होटलमा बस्दै आएका श्यामविहारी अग्रवाल काठमाडौं मैतिदेवीस्थित सेतोपुलबाट पक्राउ परेका छन् । ५९ वर्षीय अग्रवाल सवार बा.५च ६०७४ नम्बरको कारबाट ‘मेड इन इटाली’ लेखेको ५ राउन्ड गोली लोड भएको म्याग्जिनसहितको पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हिजो मंगलबार बिहान नम्बर नखुलेको सेतो ट्याक्सीमा सवार २ जना अपरिचित व्यक्तिले निज अग्रवाललाई नगरकोट घुम्न जान आग्रह गरेका र निजले इन्कार गरेपछि उनीहरू पेस्तोलले अग्रवालको टाउकोमा प्रहार गरी घाइते बनाई बत्तिसपुतलीतर्फभागेका थिए ।
सो घटनाबारे खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अभियुक्तहरूको खोजी गर्ने क्रममा निज अग्रवालको कारसमेत खानतलासी गर्दा कारको सिटमुनिबाट प्रहरीले उल्लेखित हतियार बरामद गरेको थियो ।

क्रेडिट कार्ड निष्कासनको तयारीमा माछापुच्छे्र
माछापुच्छे्र बैंक लिमिटेडले धनगढीस्थित नेपाल राष्ट्र बंैक परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्रबैंक धनगढी शाखाका मुख्य व्यवस्थापक वीरेन्द्रदत्त अवस्थीले गत सोमबार आयोजित एक समारोहबीच माछापुच्छ्रेको उक्त ५९औँ एटीएमको शुभारम्भ गर्नुभएको बैंकले जनाएको छ । यसअघि बैंकले धनगढीस्थित आफ्नो शाखा कार्यालयमा एउटा एटीएम सञ्चालनमा ल्याइसकेको छ । यस बैंकले नेपाल अधिराज्यभर छरिएर रहेको आफ्ना ३९ वटा ‘फुल फ्लेज्ड’ शाखामार्फ करिब तीन लाख ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले दुई लाखसम्मको निक्षेपको बिमा व्यवस्थासमेत गरेको छ । बैंकले आफ्नो दैनिक बैंकिङ कारोबारका लागि स्विटजरल्यान्डमा बनेको विश्वप्रसिद्ध ग्लोबस सफ्टवेयर प्रयोग गरेको छ भने एटीएमबाट ग्राहकले बिनाझन्झट रकम निकाल्न सकून् भनेर आफ्नै कार्ड स्विच सिष्टम जडान गरेको छ ।
बैंकले यसै वर्षदेखि सञ्चालनमा ल्याएको आधुनिक सेवा एमबीएल मोबाइल मनी ?एमथ्री) मार्फ ग्राहकले आफ्नो मोबाइलबाट म्यासेज पठाएको आधारमा एउटा खाताबाट अर्को खातामा रकम ट्रान्स्ाफर गर्न सक्ने, नेपाल टेलिकमको पोस्टपेड मोबाइलको मासिक महसुल भुक्तानी गर्ने, नेपाल टेलिकमको प्रिपेडको रिचार्ज कार्ड खरिद गर्ने, नेपाल टेलिकमकै ल्यान्डलाइन फोनको मासिक महसुल भुक्तानी गर्ने, पसलहरूमा गरिएको सामान तथा सेवा खरिदको रकम भुक्तानी गर्ने, आफ्नो खाताको द्यबबिलअभ भ्लत्रगष्चथ गर्ने, स्कुल तथा कलेजको मासिक फि म्यासेज पठाएर भुक्तानी गर्न सकिनेलगायतका सुविधा उपलब्ध गराएको छ । साथै बैंकले आफ्ना ग्राहकको विदेश भ्रमणलाई समेत सहज बनाउन विश्वभर प्रयोग गर्न सकिने एमबीएल भीसा डेबिट कार्ड प्रयोगमा ल्याइसकेको छ भने निकट भविष्यमा विश्वभर प्रयोग गर्न सकिने एमबीएल क्रेडिट कार्ड पनि निष्कासनको तयारी गरेको छ ।

मेगाको योङस्टार बचत खाता
मेगा बैंकले सोह्र वर्षुनिका बालबालिकालाई लक्षित गर्दै योङस्टार बचत खाता सञ्चालनमा ल्याएको छ । फरक निक्षेप योजना ल्याउने क्रममा स्कुले बालबालिकालाई लक्षित गरी यो योजना ल्याएको बैंकले जनाएको छ । सोह्र वर्षुनिका कुनै पनि बालबालिकाले न्यूनतम एक हजारमा खाता खोल्न सकिने यस योजनामा वाषिर्क दश प्रतिशत ब्याज उपलब्ध गराइनुका साथै प्रत्येक तीन महिनामा भुक्तानी दिइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस योजनाअनुसार बैंकखाता खोल्ले बालबालिकाले नि:शुल्क चेकबुक, एटीएम कार्ड, अनलाइन बैंकिङ, खाता विवरण, एबीबीएस र गुड फर पेमेन्टलगायतका सेवा उपयोग गर्न पाउने पनि बैंकले जानकारी दिएको छ ।
यस योजनामा सहभागी हुने अभिभावकहरूले पनि नि:शुल्क रूपमा आफ्नो खाताबाट रकम निकाली बालबालिकाको खातामा जम्मा गर्न सकिने र यसका लागि बंैकमा अभिभावक आउन पनि नपर्ने बताइएको छ ।