प्रवासबाटै नेपाली गीत-संगीतमा बाबा एजुकेशनको यस्तो योगदान

प्रवासबाटै नेपाली गीत-संगीतमा बाबा एजुकेशनको यस्तो योगदान


  • राजन घिमिरे

शिक्षा क्षेत्रमा बाबा एजुकेसन कन्सल्टटेन्सीको सक्रियता र योगदान त बुझ्नेहरुले बुझेकै छन्, विद्यार्थीहरुको विश्वास, भरोसा र साथ पनि बाबाले पाइरहेकै छ । पछिल्लो समय शिक्षा क्षेत्रमा मात्र होइन, नेपाली गीतसंगीत विधामा पनि आफ्नो सहभागिता र उठबस गतिलै बनाइरहेको छ ।

राम्रा र उत्कृष्ट गीत संगीतहरूमा आवद्धता जनाएर यो संस्थाले युवा पुस्तामा नेपाली गीत संगीतलाई पुर्‍याउन जून भूमिका खेलेको छ, त्यसको यतिबेला खुलेर तारिफ गर्ने गरिएको छ । नेपालमा रहेर गीत-संगीत विधामा लागेकाहरूका लागि मात्र होइन, अष्ट्रेलियाको प्रवासी जीवनमा पनि नेपाली गीत-संगीतमा लागिपरेका सर्जकका सृजनालाई प्रायोजन गरेर उनीहरूमा जोश जाँगर भर्नुका साथै उर्जा पनि थपिरहेको छ ।

बाबा ऐजुकेसन र आर के एस अष्ट्रेलियाले नेपाली गीत संगीतमा पुर्‍याएको योगदानको दह्रो, बलियो र भरपर्दो मेरूदण्ड हुन् रविन्द्रकुमार शर्मा ।

‘शर्मा सर पर्दापछाडिको हिरो नै हुनुहुन्छ । हामी पर्दाअगाडि आएता पनि उहाँले पर्दापछाडिबाट जुन हौसला, उत्साह र उमंग दिनुभएको छ, त्यो निकै बलियो कडी हो’- सर्जकहरूको भनाई छ ।

उच्चशिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूको बलियो भर बनेको बाबा एजुकेशन र आर के एस अष्ट्रेलियाले आफ्नो उपस्थिति र सहभागिता जनाएको गीतले साँच्चै वजनदार छाप, चर्चा र ख्याति कमाउने गरेको छ । ‘हामी जुन गीतमा सहभागिता जनाउँछौँ र जुन गीतमा प्रायोजन गर्छौं, त्यसको गहिरो अध्ययन गर्छौं । सर्जकहरूलाई साथ र सहयोग पनि हाम्रो अर्को उदेश्य हो’- बाबा एजुकेशनका बजार ब्यवस्थापक तथा सिनियर कन्सल्टट्याण्ट अमृत शर्माको भनाई छ । अमृत आफ्नो संस्था सर्जकहरूसँग लामो सहयात्रा र सहकार्य गरेर अगाडि बढ्ने कुरा बताउँछन् ।

बाबा एजुकेशन र आर के एस अष्ट्रेलियाको दाबी र ठोकुवा साँच्चै भन्नु पर्दा प्रमाणित पनि भैसकेको छ । बाबा र आर के एसले प्रायोजन गरेको र सहभागिता जनाएको गीतले लोकप्रियताको शिखर चुमेको थुप्रै उदाहरणहरू छन् । अर्जुन पोखरेलको सही हो सही…, समिर आचार्य र अन्जु पन्तको झम्के माया…, समिर आचार्यकै हतारमा…, पशुपति शर्माको रातो कोट…, सन्जिव पराजुली र कमल खत्रीको सात सुरमा…, छैन मलाई पिर र यसरी नहेर मलाई… लगायतका गीतहरू नै ज्वलन्त उदाहरणहरू छन् ।

बाबा र आर के एस अष्ट्रेलियाले सहभागिता जनाएका गीतहरू लोकप्रिय हुन थालेपछि अहिले यो सस्थासँग आवद्धता जनाउन सर्जकहरू रूचि राख्न थालेका छन् । बाबासँग सहकार्य गरेपछि प्रचारप्रसार राम्रो हुने र यो सस्थासंग आफ्नो सृजनालाई राम्रोसँग बुझ्ने क्षमता भएका कारण यो सस्थासँग सहकार्य गर्न आफूहरू लालायित हुन थालेको अनुभव कलाकारहरूको छ । बाबाले सहभागिता जनाएका गीतहरूको भिडियोहरूमा पनि चलेका र स्थापित सेलिब्रेटीहरूको अभिनय रहनु अर्को उल्लेखनीय पक्ष हो । गीत गाएर मात्र नहुने र त्यसलाई बजारमा राम्रोसँग ब्यवस्थापन गर्ने मामिलामा बाबा ऐजुकेसन र आर के एस अष्ट्रेलिया निकै निपुण भएको कुरा कलाकारहरू बताउँछन् । संस्थाको यो क्षमताप्रति पनि कलाकारहरू आकर्षित भएका देखिन्छन् ।

थुप्रै कलाकारहरूलाई सांगितिक कार्यक्रम प्रस्तुत गर्न बाबा र आर के एसले बेला बेलामा अष्ट्रेलियाको विभिन्न शहरहरूमा पनि पुर्‍याएको छ । पछिल्लो समय बाबा सर्जकहरूको रोजाइमा पर्नुको पछाडि सर्जकलाई यसले दिने सम्मान, वजन अनि प्रचारप्रसारमा दिलो ज्यानले लाग्ने कार्यशैली नै मुख्य कारण हो भन्न सकिन्छ । ‘सर्जकहरूप्रतिको लगाब, उच्च सम्मान र सृजनामाथिको विश्वास पनि बाबा र आर के एसको विशेषता हो’- बाबा ऐजुकेशनका नेपाल निर्देशक राजेन्द्रकुमार शर्मा भन्छन् ।

यसैबीच यो संस्थाको सहभागितामा चर्चित संगीतकार अर्जुन पोखरेलसहित अन्य सर्जकहरूको १० वटा सांगितिक कोसेली बजारमा आउन लागेको जानकारी बाबा ऐजुकेशनका बजार ब्यवस्थापक अमृत शर्माले दिएका छन् ।