संगीत बजारमा ‘के पायौँ हामीले ?’

संगीत बजारमा ‘के पायौँ हामीले ?’



सामाखुसी गोंगबु खरीबोटका युवा समुह ‘जिरो FX नेपाल (ZEN)’ ले हालै ‘के पायौँ हामीले ?’ Teaser बजारमा ल्याएका छन् ।

गायक तथा गिटारिस्ट गुञ्जन गुरुङका साथ गिटारमा रवीन्द्रजंग ठकुरी, ड्रममा आकाशसिंह ठकुरी, गिटारमा राजेश अधिकारी, बेस गिटारमा सुन्तुम राई र प्रबन्ध निर्देशक मनिषसिंह थापा रहेका सो समूहको सन् २०१८ मा विजय अधिकारीले स्थापना गरेका थिए ।

जिरो FX नेपाल (ZEN) को म्युजिक भिडियो ‘के पायौँ हामीले ?’ छिट्टै बजारमा आउने जानकारी दिँदै ब्याण्डका प्रमुख एवम् संगीतकर्मी रवीन्द्रजंग ठकुरीले युटुबमा टिजर सार्वजनिक गरेलगत्तै संगीत-बजारमा लोकप्रिय भएको बताए ।