राष्ट्रिय सहकारी विकास बोर्ड सञ्चालकमा भण्डारी

राष्ट्रिय सहकारी विकास बोर्ड सञ्चालकमा भण्डारी



लालीगुराँस बहुउद्देश्यीय सहकारी सँस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट ‘विज्ञ’ कोटामा भण्डारीलाई नियुक्त गरिएको हो ।

विगत २२ वर्षदेखि सहकारी अभियानमा लागेका भण्डारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको विकास बोर्डमा दोस्रो पटक नियुक्त भएका हुन् । यसअघि २०६६ सालमा भण्डारी सञ्चालक नियुक्त भएका थिए ।

ज्ञात रहोस्, राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९ अनुसार विज्ञ समुहबाट दुई जना सदस्य नियुक्त गर्ने प्रावधान छ ।