१४ फाल्गुन २०७७, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै

  प्रकाशित मिति
११ माघ २०७७, आईतवार ०४:२८



चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ ।

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस्तै, आजै मूलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ । वाग्मतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ ।

आजको खेलमा लुम्बिनीलाई पराजित गरे वाग्मती सेमिफाइनल प्रवेश गर्नेछ । दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासीको सीमावर्ती गाउँपालिकाहरुमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुको बहुआयामिक विकास कार्यलाई प्राथमिकता दिन थालिएको छ। प्रतापपुर

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मति प्रदेश समितिले आगामी चैत्र २२ गते ‘प्रथम किसुनजी राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाप म्याराथन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका

खेल सामाग्री उत्पादन संस्था केल्मी र नेपाल भलिबल संघबीच सहकार्य गर्नेगरि सम्झौता भएको छ । नेपालका लागि आधिकारिक विक्रेता केल्मी