ज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम

ज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम


विकास रौनियार, धादिङ

ज्योति लाइफ इन्सोरेन्स कम्पनी लि.ले गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा सचेतनामूलक कार्यक्रम सपन्न गरेको छ । सो इन्सोरेन्सका तालिम विभाग प्रमुख उत्तम आचार्य र क्षेत्रीय प्रबन्धक जयराम ढुङ्गानाको सहजीकरणमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिमाको आवश्यकता, महत्व तथा रोजगारीको सम्भावनाका साथै ज्योति लाइफले दिने सेवा तथा सुविधाको बारेमा जानकारी गराइएको थियो ।

ज्योति लाइफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक घातक रोगको सुविधा प्रदान गरेको र हाल नेपालकै पहिलो सर्वाधिक घातक रोगविरुद्ध उपचार खर्च प्रदान गर्ने कम्पनी भएको कार्यक्रममा दाबी गरियो । बताइएअनुसार हाल ज्योतिलाइफले ३५ वटा घातक रोगको ५० लाख सम्म सेवा सुविधा प्रदान गर्दै आएको छ । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा कम्पनीका अभिकर्ताहरूको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थितहरूले बिमासम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी भई बिमाको बारेमा थप जानकारी पाएकोमा खुसी प्रकट गरेका छन् भने उक्त कर्यक्रमलाई सफल पार्न स्थानीय संस्था गजुरी रुद्रेश्वर आमा समूहको भूमिका महत्वपूर्ण रहेको कुरा क्षेत्रीय प्रबन्धक ढुङ्गानाले बताए ।