पूर्वजनमुक्ति सेनामाथि धोका नहुने प्रधानमन्त्रीको प्रष्टोक्ति

पूर्वजनमुक्ति सेनामाथि धोका नहुने प्रधानमन्त्रीको प्रष्टोक्ति


प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताउनुभएको छ । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उहाँहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भन्नुभयो, ‘पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग गऱ्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

pict:rss