१५ फाल्गुन २०७७, शनिबार

बँदेलको आक्रमणबाट चार घाइते

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १५:०९



बझाङमा जङ्गली बँदेलको आक्रमणबाट एकै दिन चार जना घाइते भएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-३ का चार जनालाई जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।

घाइते हुनेमा बुङ्गलको पारिमेला बस्ने अन्दाजी २३ वर्षीय बिर्जित कुँवर, सोही वडाका ईश्वरकाँडाका २१ वर्षीया सङ्गीता बोहरा र २५ वर्षीया पिरमजला बोहरा बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । अर्का व्यक्तिको भने नाम खुलाएको छैन । खेतमा गहुँ खान आएको बँदेललाई धपाउँदै गर्दा उल्टै झम्टिएको स्थानीयवासीले बताएका छन् ।

आक्रमणमा परी कुँवरको दायाँ खुट्टामा घाउ लागेको छ भने आक्रमणपछि खेतबाट करिव ५० मिटर तल लडेका छन् । पिरमजलाको खुट्टा र पिठ्युमा सङ्गीताको हातखुट्टा र पिठ्युमा चोट लागेको छ । उनीहरुको खोल्लेक स्वास्थ्य कार्यालयमा प्राथामिक उपचार गरिएको छ । कुँवरको भने बुङ्गल फार्मेसीमा उपचार भइरहेको स्थानीयवासी सुरेश कुँवरले जानकारी दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला

कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका

सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जानकारी दिएको