१५ फाल्गुन २०७७, शनिबार

जग्गा बिक्रीको बहानामा पौने तीन करोड ठगी गर्ने स्कूल सञ्चालक पक्राउ

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १४:४३



झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि रु दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ ।

उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो ।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला

कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ । कोभिड १९ महामारीका

सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जानकारी दिएको