जन्मदिनको अवसरमा विपन्न बीस परिवारलाई खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा विपन्न बीस परिवारलाई खाद्यान्न सहयोग



विकास रौनियार, धादिङ

तरुण दल धादिङका युवा नेता अजय भण्डारीले बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–९ मा रहेका विपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । गजुरी गाउँपालिका वडा नम्बर–१ स्थायी घर भएका तरुण दल नेता भण्डारीले रोराङका विपन्न परिवारलाई सहयोग गरेका हुन्।

लकडाउनपछि समस्यामा परेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ थान्चिङका विपन्न बीस चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई प्रतिपरिवार १–१ बोराको दरले चामल हस्तान्तरण गरिएको हो । सहयोग पाएपछि चेपाङ परिवारले खुसी व्यक्त गरे ।

जिल्लामा शालिन र भद्र नेताको रुपमा परिचित युवा भण्डारीले जन्मदिनको अवसरमा केक काटेर पार्टी आयोजना गरी खर्च गर्ने संस्कारलाई मेटाउँदै समुदाय स्तरमा सहयोग गरी समाज रुपान्तरणको दियो बन्न युवा वर्गलाई आग्रह गरेका छन् ।