१४ फाल्गुन २०७७, शुक्रबार

चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुनेमा आशंका

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार ०७:०२



‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राख्नुभयो ।

‘हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो’, कोइरालाले भन्नुभयो, ‘पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितिले गर्दा समयमा हुन नसकेको उहाँले बताउनुभयो ।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन’, उहाँले भन्नुभयो, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।’ मातृशोकमा रहेका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।

तस्बिर : रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सनत आचार्य प्रतिनिधिसभाका सांसदहरूले संसद् विघटन भएको अवधिको समेत एकमुष्ट तलब पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका-३ कौशल्टारमा कांग्रेसका युवा नेता एवं

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा