स्पेन कोस्टाब्लान्का क्षेत्रको नेपाली समुदायमा कोरोना

स्पेन कोस्टाब्लान्का क्षेत्रको नेपाली समुदायमा कोरोना



कमल पराजुली, बेनिड्रोम (स्पेन)

स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केही दिनयता कोरोना सङ्क्रमण बढेको छ । यसअघि केही नेपालीमा मात्र देखिएको संक्रमण स्पेनमा कोरोनोको तेस्रो लहर सुरु भएपछि यहाँका धेरै नेपाली कोरोनाबाट प्रभावित भएका छन् ।

कोस्टाब्लान्काको बेनिड्रोम, आल्बिर, आल्तेया, डेनियालगायत स्थानमा बस्ने नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो । बेनिड्रोम क्षेत्रमा अहिले करिव १० जना नेपालीमा कोरोना पोजेटिभ देखिएको नेपाल स्पेन समाज कोस्टाब्लान्काका कोषाध्यक्ष छविलाल श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये एकजना अस्पतालमा रहेको र अरु होम क्वारेन्टाइनमा रहेका उहाँले बताउनुभयो ।

बेनिड्रोम क्षेत्रमा करिव २ सय नेपालीको बसोबास छ । यस्तै आल्बिर, आल्तिया र डेनिया क्षेत्रमा पनि केही नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । यी क्षेत्रमा धेरै नेपाली खुल्न नचाएको कारणले कति नेपालीलाई लागेको छ भनेर यकिन संख्यो थाहा हुन सकेको छैन । आल्बिर र आल्तेयामा कोरोना सङ्क्रमण भएका केही निको भैसकेका छन् भने केहि होम क्वारेन्टिनमा बसेका छन् ।

नेपाल स्पेन समाज कोस्टाब्लान्काका अध्यक्ष केशवराज कँडेलले कोरोना सङ्क्रमण भएका नेपालीहरुसँग आफुहरुले सम्पर्क गरिरहेको र केही सहयोग आवश्यक परे गर्ने बताउनुभयो । कोस्टाब्लान्का क्षेत्रमा कररिव एक हजार नेपालीको बसोबास छ ।