श्रीलङ्काद्वारा पर्यटक तथा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला

श्रीलङ्काद्वारा पर्यटक तथा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला


श्रीलङ्काले पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्ना सबै सिमानालाई बिहीबारदेखि पूर्ण रूपमा खोलेको छ ।

अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका शिलशिलामा गएका ५० नागरिक बिहीबार बिहानै सर्वप्रथम ओमन एअरको उडानमार्फत् बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

श्रीलङ्काली पर्यटनसम्बन्धी अनलाइन सूचना दिने एक सरकारी वेबसाइटका अनुसार महामारी जारी रहेका समय राज्यले विदेशी पर्यटकको जानकारीका लागि २४ घण्टे सेवा केन्द्र, इमेलमार्फत् सम्पर्कयोग्य बनाएको बताइएको छ । पर्यटकहरूले सूचना तथा सरकारका अपडेटहरूमा पहुँच गर्न सहज बनाइएको पनि उक्त वेबसाइटमा उल्लेख गरिएको छ ।

श्रीलङ्कामा आउने पर्यटकका लागि दैनिक दुई हजार ५०० व्यक्तिको पीसीआर परीक्षण गर्नसक्ने क्षमता रहेको बताइएको छ । पर्यटकहरूले बीमा गर्नुपर्ने र आवगमनपछि आफ्नै खर्चमा पीसीआर परीक्षणको लागि भुक्तान गर्नुपर्नेछ । वर्तमानमा त्यहाँ कुनै क्वारेन्टाइन अवधि वा पर्यटक भ्रमणका लागि न्यूनतम बसाइको व्यवस्था गरिएको छैन ।