बोर्डर-गावस्कर ट्रफीमा भारतको ह्याट्रिक

बोर्डर-गावस्कर ट्रफीमा भारतको ह्याट्रिक



अष्ट्रेलियाको ब्रिस्बेनमा भएको चौथो टेष्ट म्याचमा अष्ट्रेलियामाथि विजय हासिल गर्दै भारतले बोर्डर-गावस्कर ट्रफीमाथि कब्जा जमाएको छ । पाँच दिनसम्म चलेको अन्तिम टेष्टमा भारतले अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै २-१ ले सिरिज जितेको हो ।

चार सिरिजको टेष्ट म्याचमा पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो भने दोश्रो टेष्ट भारतले जितेको थियो । त्यस्तै तेस्रो टेष्ट बराबरीमा टुङ्गिएको थियो । चौथो तथा निर्णायक टेष्टमा पहिलो इनिङमा पछि परेर पनि उत्कृष्ट खेलको प्रदर्शन गर्दै सिरिजमाथि कब्जा जमाएको थियो ।

३३ वर्षदेखि ब्रिस्बेनमा अपराजित रहेको अष्ट्रेलियालाई भारतले पहिलो पटक पराजित गर्दै बोर्डर–गावस्कर ट्रफीमा ह्याट्रिक समेत गरेको छ । यसभन्दा अघि भारतले २०१६–१७, २०१८–१९ मा यो उपाधि २–१ ले जितेको थियो ।

चौथो टेष्टमा अष्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो । त्यस्तै भारत पहिलो इनिङमा ३३६ रनमा समेटिएको थियो । पहिलो इनिङमा ३३ रनले पछि परेको भारतले दोश्रो इनिङमा अष्टे«लियालाई २९४ रनमा अल आउट गर्दै खेलमा फर्किएको थियो । यसपछि ३२८ रनको विजय लक्ष्य पाएको भारतले अन्तिम दिनमा ३२५ रन बनाउँदै ऐतिहासिक जित निकालेको थियो ।

चौथो टेष्टमा उत्कृष्ट ८९ रन बनाएका विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले चौका प्रहार गर्दै भारतलाई विजयी बनाएका थिए ।