नेपाली कांग्रेस कार्यसमिति बैठक बैठक माघ १३ गते

नेपाली कांग्रेस कार्यसमिति बैठक बैठक माघ १३ गते



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ ।

यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शन कार्यक्रमका कारण हुन नसक्ने भएकोले आगामी १३ गते अपराह्न १ बजेको निम्ति तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।