टोकियो ओलम्पिकले कोरोना महामारी समाप्त भएको सन्देश दिने दाबी

टोकियो ओलम्पिकले कोरोना महामारी समाप्त भएको सन्देश दिने दाबी



जापान प्रतिनिधि

प्रधानमन्त्री योसिहिदे सुगाले जापानमा कोरोना भाइरस महामारीलाई यथाशीघ्र नियन्त्रणमा ल्याउने र आगामी गर्मी याममा टोकियो ओलम्पिक र प्यारालिम्पिक आयोजना गर्ने तयारी जारी राख्ने बताएका छन् ।

टोकियो ओलम्पिक कोरोना महामारी सकिएको संकेत वा सन्देशसमेत हुने दाबी उनले गरेका छन् ।

यस वर्षको साधारण संसदीय सत्र सुरु भएको अवसरमा मन्तव्य दिँदै उनले आर्थिक वृद्धिका चालकका रूपमा हरित प्रविधि र डिजिटलाइजेशनलाई पनि अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री सुगाले भने- ‘सरकारले कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न टोकियोलगायत ११ वटा क्षेत्रहरु ‘प्रभावकारी उपाय’ स्वरुप आपतकाल लागू गरिरहेको र जनतालाई घरमै बस्न र रेस्टुरेन्ट, बारहरू छिट्टै बन्द गर्न आग्रह गरिरहेको छ ।’

जनताको सहयोगमा भाइरससँग निश्चित रूपमा चाँडै पूर्ण विजय हासिल गर्ने बताउँदै उनले भने, ‘म यस भाइरसविरुद्धको ‘युद्ध’ मा ‘फ्रन्टलाइन’ रही काम गर्नेछु र जनताको सहयोगमा भाइरसका कारण आएको जटिल अवस्था पार गर्न दृढ छु ।’