१५ फाल्गुन २०७७, शनिबार

सुनको मूल्यमा सात सयले गिराओट

  प्रकाशित मिति
४ माघ २०७७, आईतवार ०६:१३


स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै सात सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ ।

रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ । रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रासस कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ ।

झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक

पुनहरि बेल्बासे, भैरहवा मुलुककै पहिलो निर्यातमुखी परियोजना हो, रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) । मन्त्रीपिच्छे उद्घाटन गर्दासमेत सेज

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले