‘डिसेम्बर फल्स’को यूटुब र अष्ट्रेलिया-अधिकार एजुकेसन एण्ड माइग्रेशन कर्नरले किन्यो

‘डिसेम्बर फल्स’को यूटुब र अष्ट्रेलिया-अधिकार एजुकेसन एण्ड माइग्रेशन कर्नरले किन्यो


  • राजन घिमिरे

चलचित्र ‘डिसेम्बर फल्स’को यूटुब र अष्ट्रेलिया अधिकार बिक्री भएको छ । यो चलचित्रको यूटुब र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट यूटुब डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको हो । लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले यसअघि पनि अष्ट्रेलियामा विभिन्न चलचित्रहरूको प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ।

चलचित्र डिसेम्बर फल्सका टिजर, गीत, प्रमो र चलचित्र अब दर्शकहरूले नेप आर्ट यूटुब च्यानलमा हेर्न पाउनुहुने छ भने चलचित्र नेपाल र अष्ट्रेलियाका विभिन्न शहरहरूमा एकसाथ रिलिज हुने बताइएको छ ।

चलचित्रमा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सलोन बस्नेत,शिबहरि पौडेल, दयालराम दाहाल र नरेश भट्टराईलगायतको अभिनय रहने छ । यस चलचित्रकी अभिनेत्री उपासना सिंह ठकुरी एजुकेशन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड ऐम्बेष्डर पनि हुन् । ‘चलचित्रका कलाकारहरूको वजनदार उपस्थिति र दर्शकप्रिय कलाकारहरूको जमघटको आधारमा चलचित्र डिसेम्बर फल्स खरिद गरेका हौँ’- एजुकेशन एण्ड माइग्रेशन कर्नरका प्रमुख सुनील उप्रेतीले भने । उप्रेतीले नायिका उपासना आफ्नो संस्थाको ब्राण्ड एम्बेस्डर भएको नाताले पनि चलचित्र खरिद गर्न आफू इच्छुक भएको रहश्य खुलाए ।

प्रेमकथामाथि आधारित यो चलचित्रलाई प्रवीण झाले निर्देशन गर्ने छन् भने छायाकार महेश आर गुप्ता हुन् । यी दुवै भारतीय चलचित्रमा काम गरिसकेका प्राविधिक हुन् । लक्ष्मण रिजाल कार्यकारी निर्माता हुन् भने रामप्रसाद रिजाल र राजकुमार भट्ट चलचित्रका निर्माता हुन् । यसैबीच काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले काठमाडौंको नयाँ बानेश्वरमा अर्को शाखा पनि खोलेको छ।