प्रदर्शनमा सहभागीलाई सभापति देउवाद्वारा बधाई

प्रदर्शनमा सहभागीलाई सभापति देउवाद्वारा बधाई


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा शनिबार भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

‘गाउँ/नगर कार्यसमितिका साथीसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरूमा बधाई ज्ञापन गर्दछु’, पूर्वप्रधानमन्त्री देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत पुस १३ र पुस २५ को पार्टीको प्रदर्शनमा झैंँ शनिबारको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवामा समेत देउवाले बधाई ज्ञापन गरेका छन् ।

ज्ञातव्य छ, काङ्ग्रेसले मुलुकका ७५३ पालिकाका ६ हजार ७४३ वडामा पनि विरोध प्रदर्शन गर्दै छ ।