१० माघ २०७७, शनिबार

दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गमा प्रहरीको सचेतना अभियान

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १८:२९


विकास रौनियार, धादिङ

दुर्घटना न्युनीकरणका लागि पृथ्वीराजमार्गमा प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना बढी हुने राजमार्गका रुपमा परिचित पृथ्वीराजमार्गलाई लक्षित गरी जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय गजुरीले संयुक्त रुपमा सचेतना अभियान सुरु गरेका हुन् ।

दुर्घटना वृद्धि हुँदै गइरहेकोले सवारी दुर्घटना न्युनीकरणका लागि इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनीकरण सचेतना अभियान सुरु गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनीकरणका लागि धादिङको बेनिघाट, गजुरी, मलेखुबाट अभियानको सुरुवात गरेको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने इलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड़काले जानकारी दिए ।

सवारी दुर्घटनाका अधिकांश घटनामा मोटरसाइकलहरु नै जोडिने गरेको र मोटरसाइकल चालकहरुले सडक सुरक्षालाई ध्यान नदिई चलाउने गरेको पाइएकोले मोटरसाइकल चालकहरुलाई सवारी दुर्घटनासम्बन्धी सचेतना अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुर्दशनदेव जोशीले बताए ।

साथै, दुर्घटना रोक्न चालक अनुशासित हुनुपर्नेमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जोड दिए ।

पृथ्वीराजमार्गमा हुने ९० प्रतिशत दुर्घटना मोटरसाइकलको लापरवाहिले गर्दा बढेको प्रहरीले जनाएको छ । सोही कारण मोटरसाइकल चालकलाई लक्षित गरी सचेतना अभियान गरिएको हो । दुर्घटना न्युनीकरणका लािग चालक, सहचालक, पैदल यात्रु र यात्रुहरुले पनि ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ । सवारी दुर्घटनाका कारण वर्षेनी ठूलो जनधनको क्षति हने गरेको छ भने कैयनले अंगभंग भएर अपाहिज जीवन बाँच्नु परेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ

कपिलवस्तु प्रतिनिधि उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साइकल बाँडिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले उच्च

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ शिशिर ऋतु नेपाल सं. ११४१, वि.सं. २०७७ माघ १०

काठमाडौंमा प्रहरीमाथि हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा