लुम्बिनी प्रदेश सरकारद्वारा माघी मिलन कार्यक्रम आयोजना
प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १८:१६
बुटवल प्रतिनिधि
माघे संक्रान्ति र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघी मिलन कार्यक्रमको आयोजना गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको निजी निवासमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवीलाई निम्तो गरिएको छ। माघी र माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिएको छ।
लुम्बिनीमा माघ १ गते बिहीबार र २ गते शुक्रबार बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले वैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर दुई दिन बिदा दिइएको जानकारी दिए ।
लुम्बिनी प्रदेशमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया र रुपन्देहीमा माघी मनाउने थारु समूदायको बसोबास धेरै छ । माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेशका विभिन्न तीर्थस्थलहरुमा संक्रान्ति मेला लाग्दैछ।

