१० माघ २०७७, शनिबार

जापानमा गैरआवासीय विदेशी प्रवेशमा पुनः निषेध

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १७:३८



जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न पुनः रोक लगाएको छ ।

कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गरे ।

जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।

पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’ नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड

कमल पराजुली, बेनिड्रोम (स्पेन) स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केही दिनयता कोरोना सङ्क्रमण बढेको छ । यसअघि केही नेपालीमा

डम्बर निदाल, डडेल्धुरा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन क्वारेन्टिनका लागि प्रयोग भएका डडेल्धुराका विद्यालयहरूमा करोडौँको भौतिक क्षति भएको छ ।