९ माघ २०७७, शुक्रबार

संसद पुनर्स्थापना सम्भव छैन : मन्त्री ठगुन्ना

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १४:१६



डम्बर निदाल, डडेल्धुरा

संघीय सरकारका सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले चोइटिएर गएको नेकपा आधिकारिक नभएको बताएका छन् ।

जिल्ला दौडाहाको क्रममा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा आइपुगेका मन्त्री ठगुन्नाले पार्टीभित्र अस्थिरता देखिने रूपहरु चोइटिएर गएको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मूल पार्टी रहेकोमा प्रचण्ड-माधव समूहले नेकपा दाबी गर्न नमिल्ने बताएका हुन् ।

नेकपा कानूनी रूपले विभाजन नभएको भन्दै पार्टी एकताका बेला हस्ताक्षर गरिएका प्रमाण बुझाएर नेतृत्व हत्याउन खोजेको आरोप लगाउँदै जनतालाई छल्नेहरु नै प्रतिगमनकारी भएको जिकिर गरे ।

दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री ठगुन्नाले नेपालको मिचिएको भूमि फिर्ता गराएरै छाड्ने, त्यसका लागि परराष्ट्रमन्त्रीको आसन्न भारत भ्रमणबाट ठोस निष्कर्ष निस्कने जानकारी दिए ।

यस्तै, पार्टीको विस्तारित बैठकमा सहभागी हुन आएका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले नेकपा पार्टीभित्रै प्रतिपक्ष जन्मिएपछि संसद विघटन गर्नुपर्ने वाध्यता आएको बताएका छन् । डडेलधुरास्थित शुभ लक्ष्मी सहकारीको छैठौँ वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा राखेपछि प्रधानमन्त्री संसद विघटन गर्न बाध्य भएको तर्क गरे ।

जे कुरामा पनि सरकारको खुट्टा तान्ने काम प्रतिपक्ष दलबाट नभइ सत्तापक्षकै एक समुहबाट भयो, जसका कारण लोकतन्त्र खतरामा पर्न थालेपछि जनताका माझमा जानुपर्ने बाध्यता आएको उनको भनाइ थियो । नेपाली जनताले विश्वास गरेर दुई तिहाई जनमत दिए पनि आन्तरिक किचलोका कारण अप्रिय कदम चालिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सात जनाको राखेप कार्यसमिति तीन जनामै सीमित श्रीविक्रम भण्डारी ‘राष्ट्रिय खेलकुद विकास ऐन-२०७७’ लागु भएको आठ महिना बितिसक्दा पनि राष्ट्रिय

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री सूर्योत्तरायणे श्रीशाके १९४२ नेपाल सं. ११४१ शिशिर ऋतु प्रमादीनामक सम्वत्सर

दाहाल-नेपाल समूहद्वारा पुर्वमन्त्री बस्नेतलाई कालो झण्डा हेमशंकर सिंह, राजविराज प्रहरीकोे कडा सुरक्षाघेराभित्र नेकपाका सत्तापक्षीय युवाहरुको भेला बिहीबार राजविराजमा सम्पन्न भएको

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बुधबार