जीवजन्तु तस्करीमा संलग्न एक व्यक्ति पक्राउ
प्रकाशित मिति
२९ पुष २०७७, बुधबार १०:०१
नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले सोमबार शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नपा ११ स्थित थर्मु निगालीगौराबाट अवैध जीवजन्तु तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ –
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नपा-६ बस्ने ५३ वर्षीय लक्ष्मीचन्द्र शाही रहेको र निजको साथबाट बरामद भएको भरुवा बन्दुक थान-१, त्यसमा लाग्ने गोली १९ थान, छर्रा र केप, बारुदको डब्बा, शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।