अर्घाखाँचीमा बस दुर्घटना, १२ जना घाइते
प्रकाशित मिति
२९ पुष २०७७, बुधबार ०९:५२
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।
शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलवस्तुको बैरियाका लागि छुटेको लु.१ ख ७८१४ नम्वरको बस शितगंगा १४ छन्त्यालरुखमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको पठाइइको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए ।