९ माघ २०७७, शुक्रबार

पुस्तक परियोजना चितवनमा

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार ०९:१०


चितवनस्थित भरतपुर कारागारमा बुधबार एक कार्यक्रमका बीच पुस्तकालय पुनःस्थापना गरिएको छ। टिम नेपो नामक एक सामाजिक संस्थाले देशभरिका कारागारहरुका कैदीबन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि संचालन गर्दैआएको ‘पुस्तक परियोजना’ अभियान अन्तर्गत चितवनमा पनि कारागार पुस्तकालय स्थापनाको लागि रोटरी क्लब अफ चितवन तथा लियो क्लब अफ भरतपुर युथसंगको सहकार्यमा कारागार कार्यालय, चितवन, भरतपुरमा आज ८०८ थान पुस्तक हस्तान्तरण गरिएको हो ।

अभियानलाई सार्थक बनाउन थालिएको पुस्तक संकलन कार्य ’10 Book Challenge’ का लागि विभिन्न ख्यातिप्राप्त साहित्यकार, लेखक, चिकित्सक तथा कलाकारहरूबाट पुस्तकहरू प्राप्त भएको टिम नेपोका अध्यक्ष डा. निगम पौडेलले जानकारी दिए । ‘हाल सम्म सहयोग गर्नेमा लघुकथाका हस्ती रबिन्द्र समीर, आर. मानन्धर, सुमित्रा गुरुङ, निभा प्रधान, महेन्द्र जोशी, प्राडा कृष्णप्रसाद पौडेल, कलाकार सुरक्षा पन्तलगायत हुनुहुन्छ ।‘

उनले थपे कारागारमा पुस्तकालय निर्माण गर्ने कार्य एउटा सुरुवात मात्र हो, हामी कारागार लाई सुधारकेन्द्र भएको हेर्न चाहन्छौ। त्यसको लागि पुस्तकले शक्तिशालि भूमिका खेल्नसक्छ । कारागारमा रहेका थुनुवा तथा कैदीबन्दी साथीहरुलाई पढ्ने अवसर दिनु हाम्रो धर्म हो । यो अभियान नेपालका सम्पूर्ण कारागारमा पुराउन जरुरि छ, तसर्थ पुस्तक सहयोगका लागि सबैमा अपिल गर्दछु ।‘

उक्त अवसरमा बोल्दै लेखक तथा अर्थोपेडिक सर्जन प्राडा कृष्णप्रसाद पौडेलले भने ‘आजको पुस्ता पुस्तक पढ्ने भन्दा सामाजिक संजालमै रमाउन चाहान्छ तर त्यहि युवापुस्ताको यो समुहले सुरुगरेको अभियान मलाई हृदयदेखिनै मनपर्यो, यो निकै जरुरि छ, यो उदाहरनिय सुरुवातका लागि अभियन्ताहरुप्रति कृतज्ञ छु ।

कारागारका प्रमुख कमल प्रसाद काफ्लेले कारागारमा महत्वपुर्ण पुस्तक सहयोग गरेको प्रति आभार प्रकटगर्दै पुस्तक पढ्न खोज्ने कैदीबन्दीहरु कारागारमा थुप्रै रहेकोले यी पुस्तकहरुले निकै सहयोग पुगेको उनले बताए ।

लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले संचालन गरेको कार्यक्रम टिम नेपो चितवनकि जिल्ला संयोजक माधवी गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी खेमराज पौडेल, चिकित्सक संघका पुर्व केन्द्रिय सदस्य प्रा।डा। कृष्णप्रसाद पौडेल, रोटरी क्लब अफ चितवनका अध्यक्ष रोशन पिया लगायतको उपस्थिति रहेको थियो ।

यस अघि अभियान अन्तर्गत अर्घाखाँची, स्याङ्गजा र तनहुँका कारागारमा पनि पुस्तकालय स्थापना गरिसकिएको कार्यक्रम संचालक ज्ञवालीले जानकारी दिए । भरतपुर कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी ६ सय ९१ कैदीबन्दी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि

करवीर शाह चल्ला त चिलले पनि कोरल्छमातृवत् स्नेहले आफ्ना बलिष्ट प्वाँखमुनि आफ्ना बचेरालाईआँधी-बेहरी बर्षा र अरु गिद्देनजरबाट बचाउँछविचरा बचेराहरू आमाको

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै गाउँभरिका आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ

सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप-११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा