१० माघ २०७७, शनिबार

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार ०७:५८



गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।

साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ ।

गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट)बन्द गरिदिएका छन् ।

अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।’

ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् ।

राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड

कमल पराजुली, बेनिड्रोम (स्पेन) स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केही दिनयता कोरोना सङ्क्रमण बढेको छ । यसअघि केही नेपालीमा

डम्बर निदाल, डडेल्धुरा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन क्वारेन्टिनका लागि प्रयोग भएका डडेल्धुराका विद्यालयहरूमा करोडौँको भौतिक क्षति भएको छ ।

कपिलवस्तु प्रतिनिधि विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा बिहानैबाट परेको छ । केन्द्रिय सचिवालय सदस्य कञ्चन, ब्यूरो सदस्य