९ माघ २०७७, शुक्रबार

काठमाडौं उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

  प्रकाशित मिति
२९ पुष २०७७, बुधबार ०४:४९



काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक-फरक रूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

अहिलेसम्म कुन-कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका जानकारी दिँदै उनले भने, ‘अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हसरयो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ ।’

विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन शुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । उनले भने, ‘डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।’

एक दशक पहिले काठमाडौं उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।

उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ । चोक-चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन् । एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि

करवीर शाह चल्ला त चिलले पनि कोरल्छमातृवत् स्नेहले आफ्ना बलिष्ट प्वाँखमुनि आफ्ना बचेरालाईआँधी-बेहरी बर्षा र अरु गिद्देनजरबाट बचाउँछविचरा बचेराहरू आमाको

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै गाउँभरिका आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ

सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप-११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा