शर्माको ‘एक बारको जूनिमा’ सार्वजनिक

शर्माको ‘एक बारको जूनिमा’ सार्वजनिक



राजन घिमिरे

सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनीमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ । शर्मालाई महिला मोहलको रूपमा टेलिचलचित्रहरुमा काम गरेर चर्चा कमाइसकेको अनुमति नेपालीले साथ दिएकी छिन् ।

विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गीतको भिडियोको छायांकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप तथा कोरियोग्राफी रहेको भिडियोमा कालिका पौडेल प्रोड्युसरको रुपमा रहेका छन् ।

उदयराज शर्माको स्वरमा रहेको उक्त गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र सागर सुब्बाको रेकर्डिङ रहेको छ । यसैगरी मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ ।

धादिङका विभिन्न स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियो सार्वजनिक भएपछि दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।