पुष्प र साम्राज्ञी भन्दैछन् ‘तिम्रो मेरो साथ’

पुष्प र साम्राज्ञी भन्दैछन् ‘तिम्रो मेरो साथ’


  • राजन घिमिरे

चलचित्र ‘तिम्रो मेरो साथ’को छायाङ्कन शुरू भएको छ । सो चलचित्रको सोमबारबाट छायाङ्कन शुरू भएको हो ।

प्रेमकथामा आधारित यस चलचित्रका निर्देशक रमेश एमके पौडेल हुन् । ‘तिम्रो मेरो साथ’मा कथा र गीत पनि उनैको रहेको छ । यस चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल, सन्दिप क्षेत्री, खबपु, इमिली लामा र विशेष भूमिकामा ध्रुव दत्तले अभिनय गर्दै छन् । सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको चलचित्रमा योगेश काजीको संगीत रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्मातामा पासाङ लामा र सहनिर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधीर पराजुली रहेका छन् । पराजुली सुबिसु केबुलका प्रमुख हुन् ।

तिम्रो मेरो साथको नेपाल र केही दृश्यहरू अमेरिकाका विभिन्न शहरमा छायाङ्कन गरिने बताइएको छ।

तस्बिर : विवेक बस्याल