९ माघ २०७७, शुक्रबार

सिड्नीमा यसरी मनाइयो २९९औँ पृथ्वीजयन्ती

  प्रकाशित मिति
२७ पुष २०७७, सोमबार ११:५१



राजन घिमिरे

प्रवासी नेपाली एकता समाज (अष्ट्रेलिया)ले २९९ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । कार्यक्रममा एकता समाजका अध्यक्ष अजय राजवंशीले बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट कल्पना र स्थापना गरिएको मुलुकको एक अंश हुन पाउनु हाम्रो अहोभाग्य भएको बताए ।

स्थानीय नेपाली युवा तथा अभियन्ता डीला खरेल, दीपक पौडेल र मदनमणि अधिकारीले अर्वन पार्कमा सोमबार आयोजना गरिएको पृथ्वीजयन्ती तथा एकता दिवसमा बिहानदेखि साँझसम्म पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर राष्ट्रिय गानका साथ मनाइएको थियो ।

नेपाल एकीकरणका नायक तथा नेपाली राष्ट्रियताका प्रणेता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली दिवसका रुपमा केही वर्षदेखि अष्ट्रेलियामा मनाउँदै आइएको डीला खरेल जानकारील ।

‘इतिहासलाई सम्मान गर्न सके मात्र गर्विलो भविष्य बनाउन सकिने हुनाले नेपाल एकीकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाहलाई हामीले विदेशमा बसेर पनि सम्मान गर्ने परम्पराको थालनी गरेका हौँ’, खरेलले भने ।

कार्यक्रममा स्थानीय अर्वन नेपाली अभिभावक समाजले दिनभर नै राष्ट्रिय गान बजाएर माहौललाई निकै मनमोहक बनाएका थिए ।

स्थानीय नेपाली अभिभावकले नेपाली बाजा मादल, हार्मोनियमसहित उपस्थित भएर राष्ट्रियता झल्कने विविध गीत संगीत पस्केका थिए । ‘पृथ्वीजयन्तीलाई यस वर्ष पनि गौरव, श्रद्धा र नेपाली एकताको त्रिवेणी बनाउने प्रयासका साथ दिनभर अन्तर्राष्ट्रिय एकता दिवस मनाउने प्रयास गरेका हौँ, जुन सफल भएको छ’, आयोजक मदनमणि अधिकारीले बताए ।

कार्यक्रममा एनआरएनका पदाधिकारी, नेपाली समाजका अगुवालगायत सयौँ व्यक्तिको उपस्थिति थियो ।

तोड्नेको बिगबिगी भइरहेको बेला खण्ड खण्ड राज्यलाई जोडेर अखण्ड नेपाल बनाउने राष्ट्रिय एकीकरणका नायकप्रति श्रद्धासुमन अर्पण गर्नु महत्वको विषय भएको पुराना सञ्चारकर्मी डिल्ली ढकालले बताए । ‘प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीलाई प्रवासमा नेपालीपन जोडेकोमा बधाई दिनैपर्छ’, रवीन्द्रकुमार शर्माको भनाई थियो- ‘प्रवासमा नेपाली नेपालीबीच एकता आजको कार्यक्रमको आवश्यकता हो ।’

डा. रामकृष्ण निरौलाले गर्विलो इतिहास बोकेको हाम्रो देश र त्यसमाथि पनि नेपाल राज्य निर्माण गर्ने श्री ५ पृथ्वीनारायण शाह सम्मानको हकदार भएकोमा कुनै दुई मत नरहेको बताए । कार्यक्रममा अर्बन नेप्लिज कम्यूनिटीका अध्यक्ष अशोक उप्रेती र महासचिव मनोज अधिकारीले पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्न दिनु भएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी एनआरएनका उपाध्यक्ष देव गुरूङ, नेपाली समाजका अगुवा दिनेश जोशी, युवा अभियन्ता सरोज पाण्डे, विजय पौडेल, रोशन खतिवडा, राजु गिरीलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

करवीर शाह चल्ला त चिलले पनि कोरल्छमातृवत् स्नेहले आफ्ना बलिष्ट प्वाँखमुनि आफ्ना बचेरालाईआँधी-बेहरी बर्षा र अरु गिद्देनजरबाट बचाउँछविचरा बचेराहरू आमाको

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै गाउँभरिका आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ

सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप-११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा

नेपाली सेनाको प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान राधिका