राष्ट्रगाथा

राष्ट्रगाथा


  • मातृका शर्मा

गौरवशाली इतिहास हाम्रो गाथा वीरताको ।
शान्तिप्रिय सेना हाम्रो प्रतीक एकताको ।।
गरी संहार आतङ्कको गर सम्भार देशको ।
बचाइ संस्कृति गर रक्षा भाषा, भुषा र भेषको ।

दूरद्रष्टा, युगद्रष्टा तीक्ष्ण बुद्धि अनि चतुर ।
शैन्यकौशल, रणकौशलमा निपूर्णता प्रचुर ।।
थिए एक कमाण्डर राजा पृथ्वीनारायण
राष्ट्रप्रति इमानदार अनि कर्तब्यपरायण ।

सगौरव एकताको लगाउछौँ हामी नारा ।
गोरखा हुँदै कान्तिपुर जुटाइ देश सारा ।।
राष्ट्रनिर्माण गरी मजबुत बन्यो देश हाम्रो ।
स्वतन्त्र र सधैं अटल संसारमै छ राम्रो ।।

तिलंगा भनी सुरु फौजी, नेपाली सेना बन्यो ।
विश्वभरका देशहरुले पनि उत्कृष्ट सेना भन्योे ।।
तराई पहाड हिमाल अग्ला ती टाकुरामा ।
पुर्खाको वीरता बोकी हिँड्ने सधैं पाखुरामा ।।

आँधीबेहरी बाढी पहिरो हिँडी सँगै ।
लड्दै कडा सङ्कटबीीच हाँसिरहने सधैं ।।ं
भीरपाखा पहरामा बाटो खन्दाखन्दै ।
कति भए सहादत मातृभूमि भन्दै ।।

अटल यो देशलाई छ तिम्रै आशा भरोषा ।
शान्ति अनि सुरक्षामा छाउन नदेउ निराशा ।।
अन्धकारमा ज्योति बनि दुखको बन सारथी ।
चढाउँछु स-सम्मान तिमीलाई सम्मान गारती ।।

बनाइ मूल मन्त्र शान्ति, सुरक्षा अनि एकता ।
जोगाइ सार्वभौमिकता, बचाऊ राष्ट्रियता ।।
डमरु अनि त्रिशुल बोकी रच्यौ इतिहास पनि ।
देखाइ माटोको माया जितेर आयौ अनि ।।

टिस्टा अनि काँगडा लड्यौ नालापानीमा ।
अब देखाउनु छ साहस एकफेर कालापानीमा ।।
विकास निर्माण गर्न बनायौ पूल पुलेसा र बाटो ।
मेची-काली जोगाउ सधैं यो देशको माटो ।

कालु पाण्डे, भक्ति थापा, अनि अमरसिंह थापा ।
बहादुर शाहले बनाएको वीरताको गाथा ।।
चन्द्र सूर्य अङ्कित झण्डा छ जङ्गी निशान ।
ंफहराइ विजयको किल्लामा गाऔँ राष्ट्रगान ।।

जपेर सधैं मूलमन्त्र सेवाभाव र देशभक्तिको ।
सलाम छ सधैं तिम्रो स्वाभिमान र अटुट शक्तिको ।।
राष्ट्रनिर्माता पृथ्वीनारायणको गरौँ सधैं आरती ।
जननी जन्मभूमिश्च स्वार्गादपी गरियसी ।।

सुन्दरहरैंचा नगरपालिका-१०, मोरङ