१० माघ २०७७, शनिबार

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ पुस २०७७ मंगलबार, १२ जनवरी २०२१)

  प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार ००:४५



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

हेमन्त ऋतु श्रीशाके १९४२ नेपाल संम्वत् ११४१ वि.सं. २०७७ पौष २८ गते मंगलबार तद्अनुसार सन् २०२१ जनवरी १२ तारिख पौष कृष्णपक्ष चतुर्दशी तिथि ११ः५१ पर अमावश्या तिथि मूल नक्षत्र ७ः२९ पर पूर्वाषाढ़ा नक्षत्र व्याघात योग चतुष्पाद करण आनन्दादिमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२७ मा हुनेछ । दर्शश्राद्ध, निशि बार्ने ।

आजको राशिफल

मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । मान महत्त्व बढ्ला ।

बृष – नयाँ सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । सुख आनन्द प्राप्त होला । मिठो भोजन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । नयाँ कार्य र नयाँ दायित्वको लागि राम्रो दिन छ । व्यस्तता बढ्नेछ । विद्या बुद्धि बढ्नेछ । कला साहित्य गीत–संगीतमा आकर्षण बढ्ला । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । पारिवारिक सुख शान्ति बढ्ला ।

मिथुन – मिठो भोजन प्राप्त होला । शुभ काममा आकर्षण बढ्नेछ । यात्रा हुने र सुख समृद्धि बढ्ने सम्भावना रहनेछ । आरोग्यता बढ्ला । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । घरपरिवारको स्थिति सुखदायक रहला । मान प्रसिद्धि बढ्नेछ ।

कर्कट – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हांसविलासमा रुचि बढ्ला । समस्याको समाधान मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । जोखिममा नपर्नु बेस होला ।

सिंह – आयवर्द्धक कार्य बन्नेछ । उन्नति पदोन्नति हुनेछ । हाकिमको साथ प्राप्त होला । आर्थिक र बौद्धिक प्रगति होला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । प्रतिरोधात्मक क्षमता बढ्ला । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । घरेलु चिन्ताको समाधान पनि मिल्नेछ । मनमा सन्तुष्टि होला । आयवर्द्धक काम बन्ला । विजयश्री मिल्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधा बढ्नेछ ।

कन्या – यात्रापरक काममा रुचि बढ्ला । उन्नति पदोन्नति हुनेछ । सुख आनन्द बढ्ला । मान महत्त्व यश धनसम्पत्तिमा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । भाग्योदय होला । मनोकुलको काम बन्ला । रसरागमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला – आयमूलक कर्ममा रुचि बढ्नेछ । शुभ काममा सफलता मिल्नेछ । शैक्षिक, बौद्धिक, साहित्यिक, रचनात्मक आदि कार्यमा सफलता मिल्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आफन्तसुख मिल्नेछ ।

वृश्चिक – रोकिएको काम बन्ला । नयाँ काममा उत्साहजनक सफलता मिल्नेछ । व्यस्तता बढ्नेछ । समयबाट बढी फाइदा लिनु हितकर रहला । राजकाजमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । विवाद आदिमा नपर्नु हितकर रहला । अरुको भर नपर्नु बेस होला ।

धनु – समयले साथ दिनेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । उन्नति–पदोन्नति हुनेछ । पारिवारिक कार्यमा सफलता मिल्नेछ । श्रेष्ठ व्यक्तिको साथ मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । नयाँ दायित्व पाउनुहुनेछ । मनोकूलको काम बन्नेछ । आँट उत्साह बढ्ला । मान पुरस्कार मिल्नेछ ।

मकर – साहसिक काममा सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तान सुख मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सफलता मिल्नेछ । शुभ समाचार मिल्नेछ । मान बढ्ला । सुख आनन्दमा वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । बोली र व्यक्तित्नको प्रभाव बलियो बन्नेछ । धन सम्पत्ति पद महत्व बढ्नेछ । ऋण रोग र शत्रुसित लडने सामर्थ्य बढ्नेछ ।

कुम्भ – खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्नुको साथै आर्थिक कार्यमा पनि सफलता पाउनुहुनेछ । आँट उत्साह बढ्ला । सुख समृद्धि बढ्ला । लोभ लालच इर्ष्या द्वेषमा नियन्त्रण राख्नुपर्ला । कार्यव्यपारको क्षेत्रमा पनि सफल हुनुहुनेछ । अरुप्रति बढी भर पर्नु उचित हुने छैन । रसरागमा आकर्षण वृद्धि होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको सहयोगमा कमी आउने छैन ।

मीन – विकासको नयाँ सम्भावना देखापर्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्ला । मान महत्त्वमा वृद्धि हुनेछ । आशा उत्साह जाग्नेछ । आँट साहस बढ्नेछ । धैर्यले काम लिनु हितकर रहला । हाँसविलासमा आकर्षण होला । यात्रामा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कपिलवस्तु प्रतिनिधि उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साइकल बाँडिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले उच्च

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ शिशिर ऋतु नेपाल सं. ११४१, वि.सं. २०७७ माघ १०

काठमाडौंमा प्रहरीमाथि हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक