सिड्नीबाट विकासले भने- ‘कोही छ..?’

सिड्नीबाट विकासले भने- ‘कोही छ..?’


  • राजन घिमिरे

ब्यस्त प्रवासी जीवनमा पनि गीत-संगीतलाई निरन्तरता दिँदै आएका एक सर्जक हुन् विकाश उप्रेती ।

मूलतः विकाश गायक हुन्, तर पनि गीत-संगीतका हरेक विधा र पक्षका निम्ति पूर्ण छन् विकाश । लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका विकाशले सिड्नीबाटै करिव दुइ दर्जन भन्दा बढि गीत गाएर श्रोताहरू समक्ष पेश गरिसकेका छन् । प्रवासी जीवनमा पनि विकाशले नेपाली गीत–संगीतका लागि देखाएको चासो र सक्रियताको साँच्चै प्रशंसा गरिन थालिएको छ ।

यसैबीच विकासले यसै साता नयाँ गीत बजारमा ल्याएका छन् । ‘कोही छ..? ‘ बोलको यो गीतले क्रमशः सांगीतिक बजार तताइरहेको छ यतिबेला । डा. राजुबाबु श्रेष्ठको शब्द रहेको यो गीतमा संगीत चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत दिएका छन् भने विकाशलाई महिला आवाजमा मेलिना राईले साथ दिएकी छिन् । गीतको भिडियोमा सागर थापा र क्रिस्टीना थापाको मोडलिङ रहेको छ । गीतलाई जेके क्रियशन र बिपी फिल्मसले बजारमा ल्याएको हो ।