२,३०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

२,३०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य



स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला २,३०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ । प्रतितोला रु. ९५,३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु १,३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो ।