१० माघ २०७७, शनिबार

कांग्रेसले शनिबारदेखि विरोधका कार्यक्रम सशक्त तुल्याउने

  प्रकाशित मिति
२४ पुष २०७७, शुक्रबार १७:४९



केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनको मैदानमा रहेको स्पष्ट पारेको छ । यसैगरी प्रतिनिधिसभा विघटनको कदमलगायतका विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने उद्देश्यले कांग्रेसले शनिबारदेखि विभिन्न कार्यक्रम गर्दैछ ।

सोअनुसार पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते ६,७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ ।

यस्तै, कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’ नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड

कमल पराजुली, बेनिड्रोम (स्पेन) स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बस्ने नेपाली समुदायमा केही दिनयता कोरोना सङ्क्रमण बढेको छ । यसअघि केही नेपालीमा

डम्बर निदाल, डडेल्धुरा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन क्वारेन्टिनका लागि प्रयोग भएका डडेल्धुराका विद्यालयहरूमा करोडौँको भौतिक क्षति भएको छ ।