जाडो बढेलगत्तै एल.जी. एसीको माग बढ्यो

जाडो बढेलगत्तै एल.जी. एसीको माग बढ्यो



हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजी एसीको माग बजारमा बढेको छ ।

कम्पनीका अनुसार एल.जी. ब्राण्डका एसीमा डुएल इन्भर्टर रहनुका साथै थ्रि एम प्रोटेक्सन फिल्टर रहेको छ, जसले अनावश्यक प्रदुषकहरू फिल्टर गर्दछ र हावामा रहेको धुलो कणहरू, हावामा रहेको एलर्जी हटाउँछ र वातावरणलाई स्वस्थ पार्दछ ।

एज.जी को एसीमा वातावरणमैत्री आर ३२ ग्याँस रहेको छ, जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ साथै बिजुली खपत पनि कम गर्दछ ।

एल.जी.को एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्दछ साथ साथै छिटो तातो र मौसम अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । साथै यस एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

एल.जी.को आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. रहेको छ ।