दाहाल नेपाललाई केपीले दिए ‘पिलो’को संज्ञा !

दाहाल नेपाललाई केपीले दिए ‘पिलो’को संज्ञा !



सत्तारुढ नेकपाको भातृसंगठन अनेरास्ववियूको आयोजनामा आइतबार राजधानीमा प्रधानमन्त्री केपी ओलीको समर्थनमा शक्ति प्रदर्शन गरिएको छ । सो पार्टीले आज बबरमहलको कार्की व्याङ्केटमा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । सो भेला प्रारम्भ हुनुअघि अनेरास्ववियुसम्बद्ध विद्यार्थी तथा युवाहरुले मोटरसाइकल र्‍याली निकालेर प्रधानमन्त्री ओलीप्रति शक्ति प्रदर्शनसहित समर्थन जनाएका हुन् ।

अनेरास्ववियुको र्‍यालीपछि आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूहका नेता कार्यकर्ताहरुलाई फर्केर पार्टीमा आवद्ध हुन आग्रह गरेको बताए । फर्केर आए आफूले सय खत माफ दिने उदघोष अध्यक्ष ओलीले गरे ।

भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधव नेपाललाई ब्यंग्य गर्न चुकेनन् । दाहाल र नेपाललाई ‘पार्टीको पिलो’को संज्ञा दिँदै उनले पिलो (दाहाल-नेपाल) निचोरिँदैमा शरीर (पार्टी)को तौल नघट्ने तर्क गरे ।

दाहाल-नेपाल पक्षले लगाएको भ्रष्टाचारको आरोपमा कुनै सत्यता नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले ‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने’ बहुचर्चित अभिव्यक्ति आज पनि दोहोर्‍याए ।