चन्द्रशमशेरलाई बदनामीको डर

चन्द्रशमशेरलाई बदनामीको डर


(इतिहास)


विसं. १९७६ मा नेपाल अधिराज्यभर अनिकाल पर्‍यो । ठाउँ-ठाउँमा गोदामको व्यवस्था गरी रसद बाँड्ने व्यवस्था गरे । यसै अवसरमा नेपाल अधिराज्यभर रजिष्ट्रेशन अड्डाको व्यवस्था गरी रु. ५० भन्दा बढीको घरखेत बिक्रीवितरण गरे अथवा बकस दिएमा समेत रजिष्ट्रेशन पास गराउनुपर्ने अनिवार्य गराए । वि.सं. १९७७, तदनुसार जून २८ ता. १९२० इ. का दिन श्री ३ चन्द्रले ‘सतीप्रथा’ बन्द गर्ने कडा ‘ऐन’ बनाइ जारी गरे । सती जान प्रेरणा दिनेलाई ज्यानकै सजाय दिने र सती जानेका मलामीहरू समेतले सजाय पाउने ऐन बनाएकाले यस कार्यलाई श्री ३ चन्द्रको अति सराहनीय कार्य भन्न सकिन्छ ।

यसै साल आर्य समाजका सञ्चालक माधवराज जोशीका पुत्र अमरराज जोशी र वाक्पतिराजहरूसहित अरू धेरैलाई पक्री राजकाजसम्बन्धी कार्य गरेको आरोप लगाई कैदको सजाय गरे ।

क.ज. रुद्रशमशेरले इङ्गलैण्डबाट यडलर नामक मोटर कार वि.सं. १९७७ तदनुसार सन् १९२० मा मगाएका थिए । सो यडलर नामक मोटर-कार वीरगञ्ज आइपुगेको हुँदा सो मोटर श्री ३ चन्द्रले बानियाँको राजकुमारको सवारीको निमित्त ‘ठोरी’ पुर्‍याए । भारतका भावी सम्राट, प्रिन्स अफ वेल्स जो पछि सम्राट यडवर्ड अष्टम घोषित वि.सं. १९७८ मार्ग, तदनुसार दिसम्बर १४ ता. १९२१ ई. का दिन बृटिश भारतका भावी सम्राट प्रिन्ट-अफ वेल्स जो पछि सम्राट यडवर्ड अष्टम घोषित भई राज्य त्याग समेत गरे Throne A Bdicator तराईको जङ्गल ठोरीमा शिकार खेल्न आए ।

निजको स्वागतार्थ श्री ३ चन्द्र ठोरी पुगेका थिए । प्रिन्सको साथ लर्ड लुई माउन्ट बेटन (जो पछि बृटिश भारतको आखिरी भायसराय तथा गभर्नर जनरल थिए) पनि लेफ्टिनेन्ट भई साथै आएका थिए । प्रिन्सलाई शिकारको त्यति सोख रहेनछ जति ‘पोलो र फुटबल’ खेल्नमा । त्यसै शिकारको अवसरमा एकदिन साँमे साँप किङ कोब्राले प्रिन्सलाई लखेट्यो । पहिला गोली प्रिन्सले हाने सो गोली लाग्नासाथै सामे साँप झन् जोडका साथ प्रिन्सतर्फ आयो । गोली पनि प्रिन्सले तुरुन्तै थपे, सो गोली ठाउँमै लाग्यो र साँसे साँप त्यहीँ मर्‍यो ।

वि.सं. १९७८ पौष ८ गते भू.पू. प्रधानसेनापति खड्गशमशेर जंग राणा बहादुरको जम्मा ६१ वर्षको उमेरमा काशी बनारसमा मृत्यु भयो । निज स्व. प्रधानसेनापति धीरशमशेरका तेस्रा पुत्र थिए । निजको जन्म वि.सं. १९१७ माघ १ गते रोज ७ का दिन भएको हो ।


दरबारिया तौरतरिकामा पोख्त भएका श्री ३ चन्द्रका विशेष भित्री हजुरिया माहिला पण्डित काशीनाथ आचार्य दीक्षितले श्री ३ चन्द्रलाई रिझाउन तत्कालीन प्रधानसेनापति भीमशमशेरले ‘Next Prime Minister Chandra’ का अनेक कुरा लगाई श्री ३ चन्द्रलाई रिझाए । पहिले पनि यिनले वि.सं. १९४३ फागुनदेखि खड्गशमशरको कुराहरू ठाडा र पाल्पाबाट लेखी पठाउँदा-पठाउँदै श्री ३ वीरलाई पनि रिझाएकै हुन् । काशीनाथले मात्र होइन उनका छोराहरू राममणी र भरतमणीहरूले समेत भीमशमशेरको कार्यकलाप विषयमा गुप्तचर बनी करा संकलन गरी रिपोर्ट गर्दथे । यसरी यी पण्डितजीहरूको करतुतबाट श्री ३ चन्द्रका भाइ भीमशमशेरको छाया देखे पनि उग्ररूप धारण गर्न थाल्यो, ३ चन्द्रले आफ्ना सहोदर भाइलाई सधैझै भाइ भारदारसमक्ष अपशब्द प्रयोग गरी गाली गर्न थाले । गाली गर्दागर्दै कहिलेकाहीँ आफ्नै आमालाई समेत गाली गरेको चन्द्रशमशेरले होस पाउँदैनथे

एकदिन होइन दुई दिन होइन भीमशमशेरले अपमान सहन गर्न सकेनन् यसर्थ वि.सं. १९७८ माघ महिनामा प्रधानसेनापति भीमशमशेरले दाज्यू श्री ३ चन्द्रलाई लिखित राजीनामा आफ्नो टङ्गाल दरबारबाट पठाए । श्री ३ चन्द्रले पनि सो राजिनामा तुरुन्त स्वीकृत गरेका हुँदा अब भीमशमशेर काशीवास गर्न भारत वारायणसीतर्फ जाने तयारीमा लागे । भाइ-भतिजाहरूको घरघरमा गुप्ती पुलिस सुराकी राखी घरघरको सूचना लिने र घर फोड्ने नीति त श्री ३ चन्द्रको छँदै थियो । झन् टङ्गाल दरबारबाट भीमशमशेरको क्रियाकलाप विषयका गतिविधिका सूचना चन्द्रशमशेरकहाँ बराबर आइरहन्थ्यो । अब यिनै गुप्तचरहरूबाट भीमशमशेर काठमाडौं छोडी भारत काशीतर्फ पक्कै जाने भन्ने सूचना पाएपछि अब बदनामीको डर चन्द्रशमशेरलाई हुन थाल्यो ।

(पुरुषोत्तम शमशेर जबराकृत श्री ३ हरुको तथ्य वृत्तान्तबाट)