गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर



लगातार चार घण्टा गीत गाएर विश्व रेकर्ड कायम गर्न लागेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सांगीतक कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गरेका छन् ।

काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वर्ल्ड बुकमा रेकर्ड राख्न लागेका हुन् ।

नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गरेको भन्दै सञ्चारमन्त्री गुरुङले सराहना गरे । कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वर्ल्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन सत्प्रयत्न गरेको भन्दै मन्त्री गुरुङले खुशी व्यक्त गर्नुका साथै सफलताको लागि शुभकामना दिए ।

उक्त कार्यक्रमका लागि बेलायतबाट पाँच निर्णायक आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।